अख्तियारको राडरमा अर्काे अधिकृत,जिम्मेवारी खोसेर विभागमा फिर्ता

एउटै कर्मचारी पटक पटक सरुवा भएर ६ पटकसम्म त्रिवि अध्यागमनमा खटिएको भेटिएको छ । तिनै अधिकृत भिजिट भिसा प्रकरणमा अख्तियारमा राडरमा तानिएपछि जिम्मेवारी खोसेर विभगामा फिर्ता भएकी छिन् ।

बिज्ञापन

काँग्रेस निकटको विद्यार्थी युनियन,नेविसंघ,पार्टीको क्षत्रीय प्रतिनिधि समेत भएर काम गरिसकेकी अधिकृत दुर्गा थापा हुन यसरी अख्तियारमा राडरमा परेकी । उनी केही अघि रसुवा जिल्लाको सहायक सिडियोको भूमिकामा थिइन । सहायक सिडियोबाट सरुवा भएर गृह भित्रिएकी उनै थापालाई गृह सचिव गोकर्णमणि दुवाडीले त्रिवि अध्यागमनमा खटाएका थिए ।  उनी यस अघि पाँच पटक त्रिवि अध्यागमनमा कार्यरत रहेकी थिइन । उनैलाई गृह सचिव दुवाडीले अध्यागमनमा खटाएका थिए । सोही बीचमा तिर्थ भट्टराई अध्यागमनको प्रमुख हुँदा भिजिट भिसा प्रकरणमा मुछिएर गृहमा तानिए र त्यहाँ विष्णु कोइरालालाई खटाइएको थियो । तर हाकिम फेरिए पनि भिजिट भिसाको धन्दा फेरिएन ।
अध्यागमनका कर्मचारीहरुले बिचौलियासँग मिलेर ‘सेटिङ’ गरिरहेको प्रमाणसहितको उजुरी गृहमा पुग्यो । गृहका अधिकारीहरुका अनुसार,एक अधिकृतले दुई दुई वटा मोवाइल प्रयोग गरेर भिजिट भिसामा धन्दा जारी राखेको भेटिएको गृह स्रोतको दावी छ ।

बिज्ञापन

युएईको नम्बरबाट उनले ह्वाट्स एप चलाउने र कुराकानी गर्ने गरेको र अर्को नम्बर सिराहाका एक जनाको नाममा मोबाइल सेवा प्रदायक कम्पनीमा दर्ता भएको भेटिएसँगै थापाको जिम्मेवारी खोसेर विभगामा तानिएको हो ।

केही अघिमात्र त्रिवि अध्यागमनको जिम्मेवारीबाट हटाएर उनलाई विभागमा तानिएको विभाग स्रोतले पृष्टि गरेको छ । गृह स्रोतका अनुसार, थापालाई पछिल्लो पटक गृहसचिव गोकर्णमणि दुवाडीले विमानस्थल अध्यागमनमा पठाएका थिए । अख्तियारको छानबिनमा रहेका सहसचिव भट्टराईको ‘कोर टिम’का अधिकृतहरूको सूचीमा थापा रहेको गृहका अधिकारीहरूको दाबी छ ।

बिज्ञापन

थापा विद्यार्थी राजनीति, तरुण दलको काठमाडौं जिल्ला सदस्य भएकी थिइन् । पछि नुवाकोटबाट क्षेत्रीय प्रतिनिधिसमेत भएकी थिइन । खरिदारबाट महालेखा नियन्त्रक कार्यालयमा पोष्टिङ भएर सेवा प्रवेश गरेकी थापाले अर्थमन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयहरुमा काम गरेकी थिइन भने एउटै पालिकामा पाँच बर्ष प्रशासकीय अधिकृत भएर रहेकी थिइन । उनी कर्माचारी युनियनको निर्वाचित उपाध्यक्ष समेत भइसकेकी हुन ।

अधिकृतमा बढुवा भएपछि उनी रसुवाको सहायक प्रमुख जिल्ला अधिकारी समेत बनेकी उनी छैटौं पटक त्रिवि अध्यागमनमा पुगेकी थिइन । उनलाई जनआन्दोलनको पोष्टर गर्लका रुपमा चिनिन्थ्यो । सो समयमा उनका तस्विरहरुले राम्रै बजार पिटेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको राडरमा अर्काे अधिकृत,जिम्मेवारी खोसेर विभागमा फिर्ता

छानबिन समितिको प्रतिवेदन : सभापति खतिवडा र सचिव दुरा मुख्य दोषी

छानबिन समितिमा जुट्यो सहमति,बिहान ४ बजे प्रतिवेदन पास

सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारितामा सार्वजनिक खरिदको भूमिका

३२ जना शाखा अधिकृतको सरुवा

इन्जिनियरहरूको सरुवा

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न आदेश

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

बिशेष