कर्मचारीले हस्ताक्षर गर्न नमान्दा प्रतिवेदन प्रमाणीकरणमा ढिलाइ

संसदीय विशेष छानबिन समितिलाई कर्मचारीहरुले अटेरी गरेको बिषय बाहिरिएको छ ।

बिज्ञापन

संघीय निजामती सेवा विधेयकअन्तर्गत ‘कुलिङ अफ पिरियड’मा भएको चलखेलको अनुसन्धानमा कर्मचारीहरूले छानबिन समितिलाई असहयोग गरेको गुनासो समितिका सदस्यहरुले गरेका छन् ।

बिज्ञापन

प्रतिनिधि सभाबाट १५ असारमा सर्वसहमतले पारित भएको संघीय निजामती सेवा विधेयकमा कर्मचारीले अवकाश वा राजीनामा दिएपछि अर्को नियुक्ति लिन नपाउने अवधि (कुलिङ पिरियड) दुई वर्ष राख्ने सहमति राज्य व्यवस्था समितिमा भएको थियो । तर पारित भएको विद्येयकमा कुलिङ पिरियडको व्यवस्था निष्क्रिय हुने भाषासमेत प्रयोग गरिएको भनेर प्रश्न उठेपछि गत २३ असारमा संसदीय विशेष छानबिन समिति बनेको थियो ।

सोही समितिले यो अवधिमा मुख्य सचिव,प्रतिनिधि सभाका महासचिव,सचिवहरु,सहसचिव,दलका सचेतकसहित एक सय बढीसँग सोधपुछ गरेर प्रतिवेदनलाई आज अन्तिम रुप दिँदै थियो । बिहान सातै बजेदेखि बैठक डाकेर यस अघि सोधपुछ गरेका कर्मचारीहरुलाई आइतबार समितिले बोलाएर उनीहरुको बयानमा हस्ताक्षर गराउन खोजे पनि कर्मचारीहरुले हस्ताक्षर गर्न नमानेका हुन ।

बिज्ञापन

संसदीय छानबिन विशेष समितिले मुख्यसचिव एकनारायण अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम, संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेसँग सोधपुछ गरेको थियो । समितिले विधेयक उत्पत्तिकर्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र सम्बन्धित सहसचिव, कानुन मन्त्रालयका सचिव र सम्बन्धित सहसचिव तथा राज्य व्यवस्था समितिका सभापति र सचिवसँग समेत सोधपुछ गरेको थियो । जसमध्येका कानुन हेर्ने सचिव फणिन्द्र गौतम लगायतका कर्मचारीलाई प्रतिवेदनमा हस्ताक्षर गर्न बोलाइए पनि उनले अटेरी गरेको समितिले जनाएको छ । उनीहरुले दिएको बयानलाई प्रमाणीकरण गर्नका लागि हस्ताक्षर गराउन खोजिएको भए पनि लगायतका केही उच्च प्रशासकहरुले प्रतिवेदनमा हस्ताक्षर गर्न आलटाल गरेपछि प्रतिवेदन प्रमाणीकरणमा ढिलाइ भइरहेको समितिले जनाएको छ ।आफैंले दिएको बयानमा कर्मचारीहरूले हस्ताक्षर नगरेको घटनालाई समितिले गम्भीर रुपमा लिएको छ । बयानलाई प्रमाणीकरण गर्न कर्मचारीको हस्ताक्षर गर्न खोजिएको हो ।

आज प्रतिवेदन लेखन टुंग्याएर दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा पेस गर्ने तयारी समितिको छ । समितिका सभापति जीवन परियारले प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको जानकारी दिए । संसदीय छानबिन विशेष समितिमा नेपाली कांग्रेसका सांसद जीवन परियार र सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की सदस्य छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष