गृहका १८ शाखा अधिकृत र ५ सुब्वाले सिंहदरबार छाड्न मानेनन

गृह मन्त्रालयका २३ कर्मचारीहरुले सरकारी निर्देशन अटेरी गर्दै सिंहदरबार छाड्न अटेरी गरेका छन् । खटाएको स्थानमा महिना दिनसम्म जान अटेरी गर्दै सिंहदरबार छाड्न नमाने पछि गृह मन्त्रालयले गत बिहिबार एक सूचना जारी गर्दै २४ घण्टाभित्र सिंहदरबार छाड्न निर्देशन दिएको थियो ।

बिज्ञापन

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले खटाइएका स्थानमा नजाने १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको थियो । महिना दिन अगाडि नै इलाका प्रशासन,जिल्ला प्रशासन,जिल्ला कारागार लगायतका स्थानमा सरुवा भएका ती कर्मचारी खटाएको ठाउँमा नगएपछि मन्त्रालयले सार्वजनिक सूचना निकालेर २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको थियो तर ती अधिकृत र सुब्बाहरुले सरकारी निर्देशनलाई ‘पानीको फोका’झैं बनाइदिएका हुन ।

बिज्ञापन

यसरी खटाएका स्थानमा जान अटेरी गरी सिंहदरबारभित्रै बस्न जोडबल गर्ने कर्मचारीहरुमा  महिना दिन अगाडि नै अध्यागमन विभागमा खटाइएको फर्सुराम भट्टराई,इलाका प्रशासन कार्यालय बाँकेमा खटाइएका शाखा अधिकृत मानबहादुर बूढा,इलाका प्रशासन सुर्खेतमा पदस्थापन गरिएको रेणुका भट्टराई,इलाका प्रशासन खोटाङमा पदस्थापन गरिएको जानुका कुमारी पोखरेल,इलाका प्रशासन रौतहटमा पदस्थापन भएका भागवत प्रसाद रेग्मी,इलाका प्रशासन कार्यालय सुनसरीमा पदस्थापन भएकी शिला तिमिल्सिना,जिल्ला प्रशासन कार्यालय सप्तरीमा पदस्थापन भएका युगेश कुमार यादव,इलाका प्रशासन तेह्रथुममा खटाइएका वावुराम पन्थी,जिल्ला प्रशासन कार्यालय पाँचथरमा खटाइएका सुजन शुभ भ्लोन,कारागार कार्यालय कपिलवस्तुमा सरुवा गरिएका दल बहादुर बस्नेत,जिप्रका पाँचथरमा पठाइएका मोहन प्रशासन निरौला,रौतहट प्रशासनमा खटाइएका आनन्द विष्ट,इलाका प्रशासन खोटाङमा सरुवा गरिएका सुन्दर वान्तवा,जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रशासकीय अधिकृतका रुपमा पदस्थापन भएका चिरञ्जिवी जिएम,त्रिवि अध्यागमनबाट गृहमा फिर्ता भएर इलाका प्रशासन तेह्रथुममा पदस्थापन भएका युवराज कट्टेल,इलाका प्रशासन कार्यालय जाजरकोटमा पदस्थापन गरिएको खगराज गौतमका अलवा कारागार व्यवस्थापन विभाग अर्न्तगत खटाइएका भिम कुमार बस्नेत,प्रशासकीय अधिकृतको रुपमा पर्सामा खटाइएका न्युटन लम्सालहरु खटाइएका स्थानमा नगएका शाखा अधिकृतहरुलाई खटाएका ठाउँमा जान निर्देशन दिएको थियो ।

यस्तै नासुहरु कमल आचार्य,कृष्ण भट्टराई,विष्णु पौडेल घिमिरे,रामबाबु बराल र सुवास पौडेलहरु खटाएका स्थानमा नगएका हुन ।

बिज्ञापन

गृहका अनुसार असार १६ गते नर्णिय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृतहरु खटाएका ठाउँमा गएका छैनन् भने असार १८ को निर्णय अनुसार सरुवा भएर महिना दिनसम्म खटाएका स्थानमा नगएका ५ नायब सुब्बाहरुलाई २४ घण्टाभित्र खटाएको ठाउँमा हाजिर हुन मन्त्रालयले भनेको थियो तर सरुवा र पदस्थापनपछि खटाएको स्थानमा हाजिर हुन दिएको २४ घण्टे उर्दी कर्मचारीले टेरेनन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष