८ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिए

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न ८ वटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतहरु परिवर्तन गरेको छ ।
मन्त्रालयले शुक्रवार ३४ उपसचिवहरुको सरुवा गर्दा  ८ नगरपालिकाको प्रमुख प्रशासकीय हेरफेर गरेको हो । मन्त्री भगवती न्यौपानेले आफ्ना नातेदार लेखनाथ न्यौपानेलाई पर्यटन मन्त्रालयबाट सामान्यमा भित्र्याएकी छिन् । शिक्षाबाट महेन्द्र विश्वकर्मा,गृहबाट नारायण खतिवडालाई तानेर अतिरिक्तमा राखिएको छ । यस्तै जिसस जाजरकोटमा रहेका गोविन्द घिमिरे पनि मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ ।
मन्त्रालयले गृहका उपसचिव जितेन्द्र कुमार यादवलाई हरिपुर नगरपालिका सर्लाहीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ भने गृहबाटै नरेश कुमार यादव कविलाशी नगरपालिका,निलकण्ठ नगरपालिकाबाट पुरुषोत्तम सुवेदी काठमाडौंको कागेश्वरी मनोहरामा भित्रिएका छन् केही महिना अगाडिमात्र कागेश्वरी पुगेका हरिराम नागिला बाह्रविह्रे नगरपालिका सिन्धुपाल्चोक पुगेका छन् । नागिलालाई राष्ट्पति रामचन्द्र पौडेल निकट कर्मचारीका रुपमा चिनिन्छ । बाह्रविसेबाट ईश्वरी शर्मा बागलुङ नगरपालिका,बागलुङका हरिदत्त कडेललाई निलकण्ठमा पुर्याइएको छ भने गलकोटबाट घनश्याम शर्मा कुस्मा पुगेका छन् । कुस्मामा रहेका नेत्र पौडेल सामान्यको अतिरिक्त समूहमा पुगेका छन् । जिसस मोरङमा कार्यरत रहेका विवादित उपसचिव महेश पाण्डेलाई कामकाजमा कावासोती नगरपालिकामा खटाइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष