महिना दिन अगाडि अवकाशमा गएका एक सहसचिवलाई ओली सरकारले अर्काे महत्वपूर्ण जिम्मेवारी दिएको छ ।
बिज्ञापन
गत असार १४ मा ५८ बर्षे उमेर हद लागेर अनिवार्य अवकाशमा गएका थिए सहसचिव चण्डी घिमिरे । राजश्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सीबाट अनिवार्य अवकाशमा गएका चण्डीलाई राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्नेसम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न गरी गठित तीन सदस्यीय कार्यदलको सदस्यको जिम्मेवारी दिइएको छ ।
बिज्ञापन
गत साउन १२ मा बसेको क्याविनेट बैठकले पर्वतका डोटेल, दोलखाका शिवाकोटी र ललितपुर स्थायी ठेगना रहेका चण्डीप्रसाद घिमिरे सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
अहिले सरकार मातहत रहेका प्रतिष्ठान,वोर्ड,समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीहरुको सेवा सुविधामा एकरुपता छैन । त्यही सेवा सुविधा एकरुपता ल्याउनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको हो ।