मालपोत हाकिम बन्न ५० लाख! मन्त्री बलराम अधिकारी र प्रमोद खड्काको सेटिङ प्रकट

लिचीबारी जग्गा काण्डमा घेरिएका भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले राजधानीका तीन मालपोत कार्यालयका प्रमुखहरूलाई मध्यरातमा सरुवा गरेका छन्।

बिज्ञापन

सरुवा प्रक्रिया कानुनी मापदण्ड मिचेर गरिएको आरोप लागेका मन्त्री अधिकारीले ललितपुर, भक्तपुर र कलंकी मालपोत कार्यालयका प्रमुखहरूलाई बुधबार राति एकाएक बदलिदिएका हुन्। स्रोतका अनुसार, तीनै स्थानका प्रमुखहरू अशोक भट्टराई, माधव घिमिरे र रविन ढकालको सरुवामा बिचौलिया प्रमोद खड्काको प्रत्यक्ष संलग्नता देखिएको छ।

बिज्ञापन

निजामती सेवा नियमावलीको दफा १८ अनुसार, कार्यालय प्रमुखहरूको काज सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमतिमा गर्नुपर्ने प्रावधान छ। तर, मन्त्री अधिकारीले मन्त्रालयको सहमति नलिइकन सरुवा गरेका छन्। थप रूपमा, नियमावली अनुसार काज सरुवा कर्मचारीहरूले अघिल्लो कार्यालयबाटै तलब-भत्ता लिनुपर्ने व्यवस्था छ, तर अधिकारीले नयाँ कार्यस्थलबाट तलब लिनसक्ने गरी काज खटाएका छन्।

स्रोतका अनुसार, मालपोत कार्यालयका प्रमुखहरूको सरुवामा दररेट नै तोकिएको छ। काठमाडौं उपत्यकामा प्रमुखका लागि ५० लाखका दरले तीन जनासङ उठाइएको श्रोतको भनाइ रहेको छ । मन्त्रीलाइ भने २० लाखको दरले बुझाइएको मन्त्रालयमा चर्चा छ । बिचौलिया प्रमोद खड्कामार्फत नै सरुवाको डिल गरिएको भन्दै यसअघि पनि चार सयभन्दा बढी कर्मचारीहरू सरुवा गरिएको विवरण बाहिरिसकेको छ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न मन्त्रिपरिषद् पुनर्गठनमा मन्त्री अधिकारी पदमुक्त हुने प्रस्ट भएपछि उनले रातारात सरुवा गरेर नाफा सुरक्षित गर्न खोजेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।

लिचीबारी जग्गा घुस अडियो प्रकरण सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन्। तर सोही प्रकरणमा गहिरो संलग्नता देखिएको भनिएको मन्त्री अधिकारी अझै पदमा कायम छन्।

ललितपुर मालपोतको नेतृत्वमा रहेका जीवनराज सेढाई हटाइएका छन् भने भक्तपुर कार्यालयको प्रमुख पद यसअघि नै कुमार आचार्य निलम्बनमा परेपछि रिक्त थियो। कलंकी कार्यालय प्रमुख पूर्णबहादुर केसीको स्थानमा नयाँ सरुवा गरिएको हो।

सरुवा प्रक्रियाको पारदर्शिता र अख्तियारको भूमिकाबारे अझै गम्भीर प्रश्न उठिरहेका छन्। अब मन्त्री अधिकारीमाथि थप अनुसन्धान र कारबाहीको माग चुलिँदै गएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ मन्त्रालयका जम्बोटोली इन्डोनेसिया जाँदै, डेढ करोड रुपैयाँ खर्च गरिँदै

पेट्रोल सस्तो, डिजल र मट्टितेल महँगो – उपभोक्तामा राहत र चिन्ता दुवै

स्थानीय तहका ३०५ कर्मचारीको अन्तरपालिका सरुवा (सूचीसहित)

बेरुजुको छलफलमा सचिवहरुबीच नै व्यग्यवाण

२५ करोडको ‘लेजर नक्सा’ काण्ड: मन्त्री अधिकारी र नापी विभागका डिजी विवादमा

चेलीको सांस्कृतिक पर्व-तीज

मन्त्रिपरिषद्का २६२ निर्णयहरु लुकाइएको खुलासा

सहिद स्मृति दिवसमा विविध कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसमिति घोषणा र सम्मान वितरण

बिशेष