सरकारी गाडी पार्टीका नेताहरुलाई उपहार

 

बिज्ञापन

मन्त्री तथा तिनका सचिवालयमा बसेर सरकारी सवारी साधन र इन्धनको दुरुपयोग गर्ने क्रम बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका कार्यकालमा आफ्ना आफ्ना कार्यकालमा सचिवालयको खर्च २ करोड कम भएको विवरण अर्थ मन्त्रालयको लेखा शाखाबाट सार्वजनिक गराइरहँदा ओली क्याविनेटका मन्त्रीहरुले पनि मनलाग्दी ढङ्गबाट सरकारी स्रोत र साधनलाई दाइजोमा प्राप्त भएका साधनझैं दुरुपयोग गरिरहेका छन् । यो मामलामा २० औं पटक मन्त्री बनेर रेकर्ड राखेका शरद्सिंह भण्डारीको पथ पच्छाएका छन्,प्रदीप यादवले ।

बिज्ञापन

 

 केही अघि श्रम मन्त्री शरदसिङ भण्डारीले सरकारी गाडी नै पार्टी अध्यक्ष महन्थ ठाकुर र उनकी छोरीलाई प्रयोग गर्न दिएको घटना सेलाउन नपाउँदै खानेपानी मन्त्री प्रदीप यादवले समेत मन्त्रालयको गाडी पार्टीका जिल्ला अध्यक्षलाई अवैद्य रुपमा प्रयोग गर्न दिएको पाइएको हो ।

बिज्ञापन

खानेपानी मन्त्रालयको नाममा रहेको बा २ झ २५४५ जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्षसमेत रहेका अशोक यादवले प्रयोग गरिरहेको पाइएको छ । यादवविरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ । सर्लाही जिल्ला प्रहरी कार्यालयले आपराधिक एक दर्जन मुद्धा दर्ता भएको बताइएको छ । सो सरकारी गाडी यादवकै मलंगवास्थित घरमा छ । प्रदीप यादव मन्त्री भएपछि अशोकले गाडी प्रयोग गरिरहेका छन् ।
यस अघि श्रम मन्त्री शरद् सिंह भण्डारीले समेत मन्त्रालयको ३–०१–००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी नै गायब बनाइएको थियो । मन्त्रालयका एक जना उपसचिवले गाडी नपाएपछि मन्त्रालयमा भएको गाडी खोजबिन गर्दै जाँदा ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्री शरद्सिंह भण्डारीले आफ्ना पार्टीका अध्यक्ष महन्थ ठाकुर र उनको छोरीलाई प्रयोग गर्न दिएको खुलेको थियो ।
मन्त्रालयको उक्त गाडी जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुरले प्रयोग गर्दै आएको खुलेको थियो । मन्त्री भण्डारीले यसअघि पनि अध्यक्ष ठाकुरका अन्य नातेदारहरू—भान्जा, निजी सचिवको छोरा, सवारी चालक र निकटस्थ अधिवक्तासम्मलाई मन्त्रालय र वैदेशिक रोजगार बोर्डमा विभिन्न जिम्मेवारीमा नियुक्त गरेका थिए।
उनै अध्यक्ष पुत्री मिनाक्षीलाई वैदेशिक रोजगार वोर्डमा सदस्य समेत बनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष