तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव तीर्थराज चिलुवाललाई राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त गरेको छ। विभागका पूर्वमहानिर्देशक चण्डीप्रसाद घिमिरे अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको पदमा चिलुवाललाई जिम्मेवारी दिइएको हो।

बिज्ञापन

नयाँ नियुक्त महानिर्देशक चिलुवाल यसअघि आन्तरिक  राजस्व बिभागमा उपमहानिर्देशक थिए । हिजो मात्र उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको थियो । प्रशासन तथा अनुसन्धान सेवामा लामो अनुभव रहेका चिलुवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय (सिडिओ) लगायत विभिन्न निकायमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

बिज्ञापन

सरकारले राजश्व चुहावट नियन्त्रण, अवैध सम्पत्ति अनुसन्धान, तथा आर्थिक अपारदर्शिताको विरुद्धमा सक्रियताका साथ काम गर्नुपर्ने विभागमा अनुभवी र अनुसन्धान पृष्ठभूमि भएका अधिकारीको आवश्यकता रहेको भन्दै चिलुवालको चयन गरेको हो।

पूर्वमहानिर्देशक घिमिरेको अवकाशसँगै असार १४ गतेदेखि विभाग नेतृत्वविहीन थियो। चिलुवालको नियुक्तिसँगै विभागले अनियमित राजश्व कारोबार र आर्थिक अपराध नियन्त्रणमा थप प्रभावकारी कदम चाल्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

नवनियुक्त महानिर्देशकले चाँडै पदभार ग्रहण गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

बिशेष