संघीय मामिला तथा सामान्य प्रशासनदेखि स्वास्थ्य मन्त्रालयसम्मले पटक पटक काजमा कार्यरत रहेका कर्मचारीहरुलाई दरबन्दी भएकै स्थानमा फर्कन पत्राचार गर्दै आएको छ । सोही पत्राचार अनुसार,गृह,सामान्य प्रशासनका उच्चदेखि तल्ला तहका कर्मचारीहरु समेत दरबन्दी भएकै ठाउँमा फर्किसकेकाछन् तर स्वास्थ्य मन्त्रालय मातहतका केही चिकित्सकले भने शक्तिकेन्द्रका आड र भरोसमा बर्ष दिनभन्दा लामो समयदेखि काजमा,त्यो पनि निमित्त प्रमुखको कुर्सीमा बसेर आर्थिक अनियमितता गर्दै आइरहेको भेटिएको छ ।
बिज्ञापन
निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई तीन महिनाभन्दा बढी निमित्त खटाउन दिँदैन् तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएका ‘दुई शक्ति’ अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल ‘दाहिना ’ रहेका इन्द्र ढकालले दरबन्दी बाहिर बसेर लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसु चलाइरहेका छन्,१४ महिनादेखि । कर्मचारी संकेत नम्बर १८१६७० रहेका ढकाललाई गत बर्ष जेठ २० मा सो अस्पतालको आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी दिइएको थियो । बर्ष दिनदेखि निमित्तको जिम्मेवारीमा हरेका ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८२ जेठ २३ गते दरबन्दी रहेकै सप्तरीस्थित गजेन्द्र नारायण निधि अस्पतालमा हाजिर हुन पटक पटक पत्राचार समेत गरेको भए पनि ‘दुई देव’हरुको आडमा अटेरी गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमै रजगज गरिरहेका छन् । ढकाल स्वास्थ्य तथा जनसख्या मन्त्रालयको ०८१ असार ५ को निर्णय अनुसार,गजेन्द्र नारायण निधि अस्पतालमा पदस्थापन भएका हुन् । वरिष्ठ कन्सलटेन्ट अर्थाेपेडिक सर्जन (दशौं तह) का चिकित्सक काजमा कार्यरत रहँदा अस्पतालको सेवा प्रवाहमा कठिनाई भएको भन्दै गत बर्ष कार्तिक २७ देखि दरबन्दी रहेकै कार्यालयमा फर्कन पत्राचार गरिएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन समेत अवज्ञा गरी त्यही टिक्नुको पछाडि उनै ‘शंकर र विष्णु’को कृपाले काम गरेको बताउँछन्,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरु ।
बिज्ञापन
प्रादेशिक अस्पतालमा कार्यरत एघारौं तहका डा.विष्णु गौतमले दायर गरेको रिट निवेदनमा गत भदौ ३० गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले उत्प्रेषण आदेश दिएको थियो । सार्वजनिक स्वास्थ्य तथा अस्पताल व्यवस्थापन सरहको योग्यता हासिल गरेको व्यक्ति नियुक्त गर्न र हाल कार्यरत ढकाल निमित्त मेसुको उल्लेखित योग्यतामा अयोग्य भएकाले उनलाई हटाउन भनिएको छ ।
बिज्ञापन
यद्यपि, समयमै मेसु नियुक्त नगरेर प्रदेश सरकारले अदालतको अवहेलना गरेको छ । २०८१ असारमै सरुवा भएका ढकाल अहिलेसम्म सरुवा भएको ठाँउमा जान र प्रदेश सरकारले नयाँ मेसु नियुक्त गर्न बिलम्ब गर्नुले यो विषय झनै पेचिलो बनेको छ । यस बारेमा बुझ्न ढकालसँग पटकपटक फोन सम्पर्क गर्न खोजिएपनि सम्भव हुन सकेन । प्रदेश सरकारले एघारौं तहका कर्मचारी हुँदाहुँदै दशौं तहका ढकाललाई २०८१ जेठमा निमित्त मेसुमा रहेर कामकाज गर्न जिम्मेवारी दिएको थियो ।
त्यही एउटा चेमना गृह सञ्चालनमा छ । सो चमेना गृहको सञ्चालन अवधि गत ०८० कार्तिकमै सकिएको थियो । यद्यपि टेण्डर विना नै चमेना गृहको म्याद पटक पटक थपिदै आएको छ । पहिलो पटक ०८१ चैत्रसम्म विना टेण्डर म्याद थपिएकोमा पुन प्रशासन प्रमुख राजन केसी र मेसु इन्द्र ढकालको मिलेमतोमा म्याद थपिएको अस्पताल स्रोतको भनाई छ । यसरी पटक पटक म्याद थप्दा लाखौंको आर्थिक चलखेल भएको जनाइन्छ । प्रशासन प्रमुख केसीको अघिल्लो बर्ष नै सरुवा भएको भए पनि उनका व्याजी अधिकृत प्रेम गौतम लागयतका कर्मचारीहरु मुख्यमन्त्री कार्यालयमा हुँदा सरुवा उल्टाएर उनी त्यहाँ बस्न सफल भएका हुन । मुख्यमन्त्री कार्यालयमा कार्यरत रहँदा गौतममाथि कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोप लाग्दै आएको छ । केसीले अस्पताललाई आफन्त र एमालेका कार्यकर्ता भर्ती केन्द्र बनाएका छन् ।
यसका अलवा स्वास्थ्य मन्त्रालयका डा कृष्णचन्द्र पौडेल, डा सरोज शर्मा, डा प्रकाश बुढाथोकीलगायतको काज फिर्ता गर्न सकेको छैन । बाल अस्पतालबाट काजमा आएका डा कृष्णचन्द्र पौडेल नीति, योजना तथा अनुगमन महाशाखा र वीर अस्पतालबाट आएका डा सरोज शर्मा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको जिम्मेवारी छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाई प्रमुख रहेका डा प्रकाश बुढाथोकी पनि वीर अस्पतालबाटै काजमा आएका हुन्। उनको समेत काज फिर्ता भएको छैन ।