चार सहसचिवको सरुवा,राजश्वको क्याडरलाई महानिर्देशक बनाउने तयारी

सरकारले चार जना सहसचिवको सरुवा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवहरुको सरुवा गरेको हो । जस अनुसार आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । मकवानपुरको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका चिलुवाल अर्थ मन्त्रालय भित्रिएर आन्तरिक राजश्व विभागमा पुगेका थिए । उनलाई अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा ल्याइएको हो ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागको रिक्त महानिर्देशकको कुर्सी महिना दिनदेखि रिक्त छ । त्यहाँ जानका लागि नुवाकोटे उदय रानादेखि कोषहरि निरौलासम्मलाई मुख्य प्रत्यासी मानिएको थियो तर राजश्व क्याडरको रुपमा आन्तरिक राजश्व विभागका उपमहानिर्देशक तीर्थ चिलवाललाई बलियो उमेद्धार मानिएको छ ।चिलुवालले यसअघि अख्तियारको इटहरी प्रमुख,वाणिज्य विभाग चलाइसके्को अनुभव छ । अर्थ मन्त्रालयको राजस्व समूहका अधिकृत चिलुवालसँग राजस्व अनुसन्धान विभाग, अर्थ मन्त्रालय लगायतमा काम गरिसकेका अनुभवी प्रशासक हुन ।

बिज्ञापन

राजश्व अनुसन्धान विभागको महानिर्देशकमा प्रशासन समूहका क्याडरलाई नलैजाने सहमति अनुसार तीर्थलाई राजश्वमा लैजाने योजना अनुसार प्रधानमन्त्री कार्यालयमा भित्र्याइएको भनिदैंछ । यस अघि प्रशासनका सहसचिवलाई लैजादा काम विग्रिएको भन्दै त्यहाँ राजश्वकै क्याडरलाई पठाउने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

उता जापानबाट पिचएडी सकाएर स्वदेश फर्किएका शेष नारायण पौडेललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकमा पठाइएको छ । यस्तै बुद्धबहादुर गुरुङलाई आदिवासी जनजाति आयोगको सचिव र कोशी प्रदेश योजना आयोगका प्रदेश सचिव मिमांश अधिकारीलाई वन तथा वातावरण मन्त्रालयमा आइपुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘आगोले सम्पत्ति जले पनि आत्मबल कहिल्यै जल्दैन, अब फेरि उठ्नुपर्छ’

‘जेलर र सचिवलाई अप्ठ्यारोमा पार्न चाहन्न,सुव्वादेखि माथिका सबैले जाँच दिनुपर्दछ’

गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो

भ्रष्टाचारको खेल! १ करोड ३७ लाखको आयोजना, पानी अझै सपना

संघीय निजामतीसहितका ३० विद्येयक निस्क्रिय

भोलि मन्त्रिपरिषद्‌ विस्तार,भोटिङ प्रक्रियाबाटै छनोट गरिँदै मन्त्रीहरु

प्रधानमन्त्री कार्कीले भोलिमात्र पदभार ग्रहण गर्ने

सडकबाट हट्यो सेना,निषेधाज्ञाबारे छलफलमा जुटे सिडियो

बिशेष