एनआईसी एशिया बैंक र लिजा इन्टरप्राइजेजबीच सहकार्य : ‘हेयर एण्ड शान्ती युनिसेक्स सैलुन’ मा विशेष छुट

एनआईसी एशिया बैंक लिमिटेड र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच एक विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ, जसअन्तर्गत बैंकका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुन का विभिन्न शाखाहरूमा डिजिटल माध्यमबाट सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्।

बिज्ञापन

सम्झौता अनुसार, देशका प्रमुख शहरहरूमा रहेका सैलुनका शाखाहरूबाट ग्राहकहरूले छुट सुविधा प्राप्त गर्न सक्नेछन्। यी शाखाहरूमा काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरको आईप्लेक्स मल, ठमेलको छायाँ सेन्टर, जावलाखेलको मिनिसो बिल्डिङ, कमलादीको सिद्धार्थ कम्प्लेक्स, सामाखुसीको सिटी स्वायर सेन्टर, महाराजगन्जको भाटभटेनी सुपरमार्केट, हेटौंडाको भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ, नारायणघाटको जोशी भवन तथा वीरगन्जको रुङ्टा मल समावेश छन्।

बिज्ञापन

छुट प्राप्त गर्नका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा बैंकको मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले उक्त सहकार्यले ग्राहकहरूलाई थप सुविधा दिने र देशमा डिजिटल भुक्तानी प्रणालीको विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

बिज्ञापन

एनआईसी एशिया बैंकले यस्ता सहकार्यहरू गर्दै ग्राहकको जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित सेवा क्षेत्रमा पहुँच विस्तार गर्ने रणनीति अघि सारेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आठौं तहका अधिकृतसँग पौने सात करोड अवैद्य सम्पत्ति,श्रीमतीलाई समेत अख्तियारले बनायो प्रतिवादी

राज्यकोष दोहनको केन्द्र बन्दै शहरी मन्त्रालय, अख्तियार मौन !

दुर्लभ संयोग : एउटै कार्यालयमा बाबु र छोरा राष्ट्रसेवामा

निर्झरीको गजल

निर्वाचनका लागि २ लाख १३ हजार कर्मचारी खटाइने

शत प्रतिशत अंकसहित सात अधिकृत उपसचिवमा बढुवा सिफारिस

उपसचिवको बसाँइ अष्ट्रेलियामा,हाजिर नेपालमा : कामै नगरी खातामा मासिक ६८ हजार ५२३

वीमा प्राधिकरणले पायो पहिलो महिला अध्यक्ष,अर्थका सहसचिवहरु भन्छन् “अचम्मै भयो”

बिशेष