एक दर्जन मन्त्रीले ल्याउन नसकेको निजामती ऐन भगवतीको पालामा आउला ?

मुलुक संघीयतामा गए यता एक दर्जन मन्त्रीहरु संघीय निजामती सेवा विद्येयक पारित गर्न असफल रहे । सोही ऐन अब पारित गरेर संघीय निजामती सेवा ऐन जारी गर्ने अवसर मिलेको छ,मन्त्री भगवती न्यौपानेलाई । जम्मा सात महिनामात्र कार्यकाल बाँकी रहेकी मन्त्री न्यौपानेले आफ्नो कार्यकालमा ऐन जारी गरेर रेकर्ड राख्न सफल होलिन त ? अहिले प्रश्न गर्न थालिएको छ ।

बिज्ञापन

हरेक मन्त्री परिवर्तन भए पछि गरिने एउटा दावी हो संघीय निजामती सेवा विद्येयक आफ्नै कार्यकाल र यही अधिवेशनमा जारी गर्ने तर ती मन्त्रीका दावी पानीको फोकाझैं बन्छन् । अहिलेसम्म दर्जन मन्त्रीले दावी गरेझैं आफ्ना कार्यकालमा ऐन जारी गरेर रेकर्ड राख्न असफल भएकी छन् । वर्तमान मन्त्री भगवती न्यौपानेले पनि पूराना मन्त्रीहरुले झैं दावी गरेकी छिन्,आफ्नै कार्यकाल अझैं अब एक महिनाभित्र संघीय निजामती सेवा ऐन पारित गर्ने ।

बिज्ञापन

राजेन्द्र श्रेष्ठ,अमनलाल मोदी हुँदै भानभुक्त जोशी,अनितादेवी,राजकुमार गुप्ता हुँदैं अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको कुर्सीमा छिन्,भगवती न्यौपाने ।
पूर्व मन्त्रीहरुको झैं उनको दावी छ,संघीय निजामती सेवा विद्येयक यही अधिवेशनमा आउँछ । ७९ सालमा मनत्री रहेका अमनलाल मोदीको समयमा संघीय निजामती विधेयक टेवल गर्ने र आफ्नै कार्यकालमा पारित गराउने दावी गरेका थिए ।
यस्तै मन्त्री भानुभक्त जोशी संघीय निजामती सेवा निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका थिए । उनी पछिका मन्त्रीहरु अनिता देवी,राजकुमार गुप्ताले समेत यही दावी गदथें तर संघीयतामा गएपछि संविधान पछिको दोश्रो कानुन मानिएको संघीय निजामती सेवा विद्येयक एक दशकदेखि आउन सकेको छैन । बरु यो बीचमा दर्जन मन्त्री र सचिवहरु परिवर्तन भएका छन् ।

अहिले पनि कुलिङ पिरियडका कारण लफडा छ । यो बिषयमा छानबिन गर्न संसदीय समिति बनेको छ । उता राष्ट्रिय सभामा एमालेका सात सात जना सांसदले कुलिङ पिरियड नै नराख्ने गरी संशोधन प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रिय सभामा दर्ता भएको दुई महिनाभित्र विद्येयक जसरी पनि पारित गर्नुपर्ने अन्यथा विद्येयक निस्क्रिय हुने हुँदा १५ भदौं अगाडि निजामती विद्येयक पारित गरिसक्नुपर्ने छ ।

बिज्ञापन

सोही कारण पनि होला मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुने दावी गरेकी छिन् । उनले प्रतिनिधिसभाबाट उक्त ऐन राष्ट्रियसभामा आएको र राष्ट्रियसभाले पारित गरेर पुन प्रतिनिधिसभा पठाएपछि त्यहाँबाट ऐन जारी हुने दावी गरेकी छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक दर्जन मन्त्रीले ल्याउन नसकेको निजामती ऐन भगवतीको पालामा आउला ?

मन्त्रीका जोडबलमा नियुक्त आठ महंगा परामर्शदाताको जागिर चट

कर्मचारीमाथि निरन्तर आक्रमणको अर्काे श्रृंखला- ‘कुलिङ्ग पिरियड’

अख्तियार प्रमुख राईविरुद्ध तीन ठूला प्रकरणमा छानबिनको माग गर्दै उजुरी दर्ता

गृह पुगेपछि सचिवको स्वास्थ्यमा गडबडी

कुलिङ अफ पिरियडको संशोधन प्रस्तावलाई गलत ढंगबाट प्रचार गरियो

प्रतिवेदन लेखन अघि तीन शीर्ष नेतासँग छलफल गर्दै विशेष छानबिन समिति

जिल्लाबासी विवादित सहसचिवलाई सामान्य प्रशासनमा भित्र्याउने मन्त्री न्यौपानेको तयारी

बिशेष