गृह पुगेपछि सचिवको स्वास्थ्यमा गडबडी

भूमि मन्त्रालयका सचिव हुँदै तथ्यांङ्ग विभागमा थन्काइएका थिए सचिव गोकर्णमणि दुवाडी । जीवनका लामो समय भूमि व्यवस्थापन विभागमा बसेका उनै दुवाडी सचिव बढुवा हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा पेलानमा परे ।

बिज्ञापन

त्यही पेलानमा कारण पाँच पटकसम्म उनी सचिवमा बढुवा हुन सकेनन् । सचिव बढुवा भएसँगै निर्वाचन आयोग,भूमि मन्त्रालय हुँदै तथ्यांक विभागतिर पुगेका थिए तर रातारात उनको गृहमा इन्ट्री भयो ।

बिज्ञापन

तर गृहमा पुगेपछि त्यहाँ भोग्नुपर्ने अत्याधिक प्रेसरको असर उनको स्वास्थ्यमा समेत परेको बताइन्छ । गोकर्ण निकट रहेर काम गरिसकेका कर्मचारीहरुका अनुसार पछिल्लो समय उनी प्रेसरका समस्याबाट आजित छन् । पछिल्लो समय प्रेसरको औषधि सेवनमात्र होइन हप्तैपिच्छे प्रहरी अस्पताल धाइरहेका छन्,गोकर्ण ।उसो त सिंहदरबारभित्रका अधिकांश कर्मचारीहरुमा रक्तचाप उच्च देखिएको थियो । कर्मचारीमा कामको चाप र तनावले अधिकांश कर्मचारीमा उच्च रक्तचापको समस्या सबैभन्दा बढी देखिएको थियो । सिंहदरबारभित्र सात हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । उनीहरुमा तनाव, ग्यास्ट्रिक, प्रेसर, आँखा, टाउको दुख्नेजस्ता समस्या बढी देखिएको कर्मचारीहरु बताउँछन् ।

एकातिर हतियार खरिदको लफडा,भिजिट भिसा प्रकरणमा लहरो तान्दा पहरो गर्जिने स्थितिमात्र होइन कि कर्मचारी परिचालनमा समेत गृह मन्त्री र सचिवको खटन पटन ऐन,कानुन कार्यविधि तथा नियमावलीभन्दा ठ्याक्कै विपरित रह्यो । बर्ष दिनभन्दा बढी समय गृह मन्त्री र सचिवहरुले सहसचिवका दरबन्दी भएका जिल्लामा उपसचिव खटाए । नियमावली विपरित आफ्नै गृह जिल्लामा सहसचिव र उपसचिवहरुलाई सिडियो बनाएर खटाइँदा गृहको बरण्डामा अहिले तीन दर्जन हाराहारी प्रशासकहरु जिम्मेवारीविहिन छन् ।
यस्का अलवा कार्यविधि मन्त्रालयले अध्यागनमा पूराना ४४ शाखा अधिकृतलाई निकालेर हालैमात्र लोकसेवा उत्र्तिण गरेका फ्रेस ४४ अधिकृत एयरपोर्टमा खटाएको छ ।

बिज्ञापन

त्रिवि अध्यागमनमा १२१ शाखा अधिकृतको दरबन्दी छ । भर्खरै लोकसेवा उत्र्तिण गरेका परीक्षणकालमै रहेका कर्मचारीलाई शुरुमै करोड क्लवमा पठाइएको बिषयलाई प्रशासनका जानकारहरुले फेरि भिजिट भिसा धन्दा मच्याउने खेलोको रुपमा टिप्पणी गर्न थालेका छन् । नयाँ नियुक्ति भएका कर्मचारीहरूलाई शुरूमै मालदार अड्डामा खटाएपछि तलबले जिन्दगीमा कहिल्यै बाँच्न सक्दैनन् । ती झन भ्रष्ट पथमा लाग्ने चिन्ता पोख्छन् यस अघि त्रिवि अध्यागमनमा बसिरहेका कर्मचारीहरु । एकतिर छाप लगाउनुपर्ने हुन्छ,अर्काेतिर छाप लगाइदिन्छन्,तीनलाई सिकाउनै तीन महिना लाग्छ । सिकारु कर्मचारीलाई लगेर अध्यागमनमा हुलेपछि अन्तराष्ट्रिय रुपमा कस्तो छाप र सन्देश जाला ?
यस अघि रवि लामिछाने गृहमन्त्री हुँदा उसैगरी फ्रेस अधिकृतलाई टिआइएमा खटाइएको छ । व्याट ३६ का फ्रेस अफिसर नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागोहरु नै हुन भिजिट भिसा प्रकरणमा मुछिएर पछि अदालतबाट सफाइ पाएका । कार्यविधि अनुसार कम्तिमा पाँच बर्ष अधिकृत भएर काम गरेका अनुभवी कर्मचारीलाई खटाउनु पर्ने ठाउँ हो यो तर ३८ औं व्याटका ४४ अधिकृतहरुलाई सिधै अध्यागमनमा पोस्टिङ गरिनु भनेको भिजिट भिसाको धन्दा फेरि चलाउन खोजिएको रुपमा गृह र अध्यागमन प्रशासन चलाइसकेका जानकारहरु बताउँछन् । मुलुकमा सबै व्यवसाय चौपट्ट भए पनि मान्छे बेच्ने खेती फस्टाइरहेको छ,त्यही खेती गर्ने उदेश्यले फ्रेस अफिसरलाई अध्यागनमा पठाइएको हुनुपर्दछ,गृहका एक पूर्व सचिवले गरेको टिप्पणी हो यो । उपसचिव बढूवाको मुखमा भएका अधिकृतहरुलाई त्यहाँ खटाउने हो भने उ डराएर पनि बदमासी गर्दैन् तर तीन दिन तालिम लिएकै भरमा अध्यागनमा फ्रेस अफिसरहरुलाई खटाइँदा त्रिवि अध्यागमनको सेवा झनै खस्कने र अनियमितता अझैं चुलिने ती प्रशासकको टिप्पणी गर्दछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीमाथि निरन्तर आक्रमणको अर्काे श्रृंखला- ‘कुलिङ्ग पिरियड’

अख्तियार प्रमुख राईविरुद्ध तीन ठूला प्रकरणमा छानबिनको माग गर्दै उजुरी दर्ता

गृह पुगेपछि सचिवको स्वास्थ्यमा गडबडी

कुलिङ अफ पिरियडको संशोधन प्रस्तावलाई गलत ढंगबाट प्रचार गरियो

प्रतिवेदन लेखन अघि तीन शीर्ष नेतासँग छलफल गर्दै विशेष छानबिन समिति

जिल्लाबासी विवादित सहसचिवलाई सामान्य प्रशासनमा भित्र्याउने मन्त्री न्यौपानेको तयारी

वैदेशिक हस्तक्षेप र राजनीति

जेनिशा घिमिरेका तीन मुक्तक

बिशेष