जिल्लाबासी विवादित सहसचिवलाई सामान्य प्रशासनमा भित्र्याउने मन्त्री न्यौपानेको तयारी

पछिल्लो समय मन्त्रीहरुलाई काविल,योग्य र क्षमतावान प्रशासकभन्दा आफ्ना जिल्लाबासी,भेगीय,नातेदार कर्मचारीप्रति बढि भरोसा र विश्वास गर्ने गरेका छन् । कुनै समय यस्ता थियो गृह प्रशासन पर्वतेहरुको कब्जामा थियो अनि पर्यटन मन्त्रालयमा अधिकांश कर्मचारी सुदूरपश्चिमतिरका थिए । ठीक उसैगरी नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले स्वकीय,नीजि सचिवदेखि कर्मचारी प्रशासन महाशाखा हेर्ने कर्मचारी समेत गृह जिल्ला तनहुँकै कर्मचारी राख्ने तयारी गरिरहेकी छिन् ।  सोही तयारी अनुरुप अहिले सामान्यको कर्मचारी प्रशासन महाशाखा हेर्ने कर्मचारीहरुलाई तितर वितर पारिएको छ । त्यहाँ प्रदेशमा रहँदा अनेकन काण्ड र बदमासीमा मुछिएका सहसचिवलाई भित्र्याउने तयारी भइरहेको मन्त्री न्यौपाने निकट स्रोतको दावी छ । जसमध्ये गण्डकी प्रदेशको अर्थ सचिव हुँदा विवादै विवादमा मुछिएका सहसचिव राजेन्द्रदेव पाण्डेलाई सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुख बनाउने तयारी चलिरहेको छ ।

बिज्ञापन

अर्थसचिव हुँदा आफ्नै पालिकामा ८ करोड बजेट खन्याएका पाण्डे अहिले मुख्यमन्त्री कार्यालयमा फाजिलमा छन् । उनलाई त्यहाँबाट मन्त्री न्यौपानेले आफ्नो मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुख बनाउने तयारी गरिरहेकी हुन । सचिव पाण्डेले आफ्नो पालिका तनहुँको भानु नगरपालिकामा मात्र २० करोड बढी बजेट खन्याएको र आफ्नो वडा भानु– ८ मा मात्र ८ करोड बढी बजेट राखेको भेटिएपछि उनलाई असार दोश्रो सातादेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा राखिएको थियो । पाण्डे जहाँ बस्यो त्यही विवादमा मुछिएका सहसचिव हुन । जहाँ र जुन कार्यालयको नेतृत्व गर्दछन्,त्यही विवाद र लफडामा मुछिदैं आएका सहसचिव हुन राजेन्द्रदेव पाण्डे । यस अघि सिरहाको प्रमुख जिल्ला अधिकारी हुँदा होस वा गृह सचिव गोकर्णमणि दुवाडीकै गृह जिल्ला धादिङको प्रमुख जिल्ला अधिकारी हुँदा होस विवाद र लफडामा परेर गृहमा तानिएका पाण्डे फेरि विवादमा तानिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बरण्डामा थन्काइएका छन् । धादिङको प्रमुख जिल्ला अधिकारी हुँदा उनीसहितका सुरक्षा सयन्त्रका कमजोरीका कारण ३५ जनाको अनाहकमा ज्यान गएपछि उनलाई गृहमा तानिएको थियो गत बर्ष कार्तिकमा सरुवा भएर पाण्डे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकी प्रदेश पुगेका थिए । त्यहाँबाट उनी अर्थ सचिवको जिम्मेवारीमा थिए तर आफ्नै हात जगन्नाथ शैलीमा बजेट आफ्नो पालिका र जन्मिएको ठाउँमा हालेपछि विवादमा परेर फेरि बरण्डामा थन्काइएका उनै जिल्लाबासी सहसचिवलाई सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखा प्रमुख बनाउने तयारी चल्दैछ,सामान्य प्रशासन मन्त्रालयमा ।

बिज्ञापन

यस्तै, जागिरे जीवनको अधिकांश समय मन्त्रीको नीजि सचिव बनेका कृष्ण सुवेदीलाई मन्त्री न्यौपानेले निजी सचिव बनाउने तयारी गरिरहेकी छिन् । त्यही तयारी अनुसार,कृष्णलाई सञ्चार मन्त्रालयबाट सामान्य प्रशासनमा भित्र्याइसकिएको छ । कृष्ण सञ्चार मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत थिए । उनलाई त्यहाँबाट तानेर मन्त्री न्यौपानेले आफ्नो नीजि सचिव बनाउन लागेकी हुन ।

निजामतीभित्र देखिएको एउटा रोग,‘कुमार’ प्रवृत्तिका कर्मचारीले प्रदेशदेखि स्थानीय तहसम्म खेदिनुपर्ने अनि ‘गणेश’ प्रवृत्तिका कर्मचारीलाई चाहिँ प्रधानमन्त्री, मन्त्रीको परिक्रमा लगाएर जागिर खान छूट हुने, धन पनि प्रशस्त कमाइने । कृष्ण तिनै कर्मचारी हुन,यस अघि पद्या अर्याल र शिवमाया तुम्बाहम्फे मन्त्री हुँदा उनका नीजि सचिव थिए । ०७४ को स्थानीय तहको निर्वाचनमा मेयर पराजीत भएकी भगवतीलाई केपी शर्मा ओलीले राष्ट्रिय सभा हुँदै मन्त्री बनाएका हुन । उनी कार्यकाल अबको सात महिनामात्र बाँकी छ । कृष्ण पनि ५८ बर्ष उमेर हद लागेर मंसिरमा घर फर्कदै छन् । उनै कृष्णलाई निजी सचिवको रुपमा राख्ने तयारी गरिरहेकी छिन्,मन्त्री न्यौपानेले ।
यस्तै मन्त्री न्यौपाने आफ्ना नातेदार लेखनाथ न्यौपानेलाई मन्त्रालयमा भित्र्याउँदैछिन् । उनलाई पर्यटन मन्त्रालयबाट सामान्यमा भित्र्याउन लागिएको स्रोतले जनाएको छ ।

बिज्ञापन

उता,संघीय मामिला तथा सामान्य प्रशासनमा अहिले सबैभन्दा विवादित उपसचिव हुन भीमकान्त पौडेल । यस अघि कमल भट्टराईहरुले गर्न नमानेको सरुवाको काम धमाधम भीमकान्त मार्फत भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । भीमकान्त अहिले मन्त्रालयको स्थानीय प्रशासन महाशाखा हेर्दै आएका छन् । उनकै शाखाबाट स्थानीय तहमा खटाइएका केही कर्मचारीको सरुवा नपुग्दै फिर्ता पठाउने,सरुवा उल्टाउने काम उनीमार्फत भइरहेको कर्मचारीहरुको गुनासो छ ।

यही नयाँ टिमलाई भित्र्याउनका लागि त्यहाँबाट सहसचिव पिताम्बर घिमिरे,अमित ढुंगनाहरुलाई त्यहाँबाट सरुवा गर्ने तयारी भइरहेको छ । मन्त्री राजकुमार गुप्ताको नीजि सचिव बनेका अमितलाई महालक्ष्मी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिए पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष