वैदेशिक हस्तक्षेप र राजनीति

राजनीति भनेको राज्यको नीति हो। राज्यले अख्तियार गर्ने अन्य नीतिहरूको श्रोत यही राजनीति हो। राजनीति एउटा दर्शनमा आधारित शासन प्रणाली पनि हो। राजनीतिलाई यसरी परिभाषित गरिएको पाईन्छ- Politics is the process of making decisions that applies to the members of a group,especially within governments, institutions , organizations. It involves the activities, actions and policies used to gain and hold power or to influence government and public policy.

बिज्ञापन

यो परिभाषा हेर्दा सरकार र सार्वजनिक नीतिलाई प्रभाव पार्न अपनाईने कृयाकलाप र नीतिलाई राजनीतिको परिभाषा भित्र समेटिएको पाईन्छ। राजनीति भित्र गरिने यस्ता गतिविधिलाई लक्षित गरी कुनै पनि देशको राजनीतिमा वैदेशिक हस्तक्षेप हुने गर्छ। नेपालको राजनीतिक ईतिहांस हेर्ने हो भने नेपालको राणा शासन राख्न र फाल्न, देशमा राजनीतिक शून्यताको स्थिति सृजना गर्न, निर्दलीय पंचायति शासनको पक्ष र विपक्षमा तथा वहुदलीय ब्यबस्था पुनर्स्थापन गर्ने देखि हाल सम्मका राजनीतिक गतिविधिहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा वैदेशिक प्रभाव परेको पाईन्छ।

बिज्ञापन

राजनीति एक्लैले देश र जनताको हित गर्न सक्दैन। यसको सफलताको लागि राजनीति सुहाउदो आर्थिक नीति पनि चाहिन्छ। यस सन्दर्भमा वैदेशिक सहयोग लिने भनेको आर्थिक नीतिमा हो राजनीतिक क्षेत्रमा हैन। जुन देश यी दुवैमा बाह्य देश संग भर पर्छ त्यो देशको राजनीति स्थीर हुदैन र आर्थिक अवस्था पनि राम्रो हुदैन। हाम्रो देश नेपाल पनि यी दुवै पक्षमा विदेश संग भर पर्न गएकोले न यहां राजनीतिक स्थीरता छ न आर्थिक समुन्नति। यस्तो अबस्थामा नेपाल शक्ति राष्ट्रहरूको खेल मैदानको रूपमा परिणत हुन्छ। नेपाल राजनेताको खडेरी परेको मुलुक भएकोले नेपालको राजनीति ठेट्ने नेताको नियन्त्रणमा छ। ठेट्ने राजनीति गर्नेहरूले देश र जनताको भन्दा आफ्नो स्वार्थ पूर्तिको लागि राजनीति गरेका हुन्छन् र राजनीतिलाई पेशाको रूपमा प्रयोग गर्छन्।

विश्वमा राजनीतिको परिभाषा एउटै हुन्छ, नेपालले पनि त्यही अर्थमा बुझ्नु पर्ने हो तर यहांका नेताले आफूलाई विदेशी शक्तिका अगाडि नतमस्तक र लम्पसार भएर झुक्ने हुदा शक्ति राष्ट्रले लगाईदिएको पगरी गुथेर जनताको आखामा छारो हल्न खप्पीस छन् यहांका नेता। हामी भू-राजनीतिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण र संवेदनशील स्थानमा छौ र हाम्रा नेताहरू यति कमजोर छन् कि हाम्रो देशलाई दुरूपयोग गर्न चाहने राष्ट्रले यी नेतालाई आफ्नो हितमा प्रयोग गर्छन् जसले हाम्रो हित कदापि हुदैन। हालै नेपालको एउटा राजनीतिक दलको विषयमा सतहमा नै देखिने गरी एउटा छिमेकी राष्ट्रले नांगिएरै हस्तक्षेप गर्न पुग्यो। यसरी गरिएको हस्तक्षेपमा अमूक नेता प्रयोग भएको पाईयो। हाम्रा नेता भनाउदाको नाडी छामेर नै यसरी विदेशीले प्रयोग गर्न खोजेको देखिन्छ।

बिज्ञापन

यसै गरी केही समय अगाडि अमूक छिमेकीको लागि कम्फर्टेवल सरकार बनाएको भनेर त्यतिखेरका सरकार प्रमुख भएका ब्यक्तिले मुख फोरेकै हुन्। पंचायतीकालकै कुरा गर्ने हो भने सो ब्यबस्था बचाउन उत्तरी सीमामा विदेशी सेना राखिएन कि! विभिन्न सन्धी सम्झौता गरिएन कि! सत्ता लम्म्याउन क- कसको चाकडी कसरी गर्ने भन्ने कुरा तत्कालीन नेताले गरे कै हुन्। २०४६ सालको परिवर्तन होस् वा २०५२ सालमा शुरू गरिएको माओवादी आन्दोलन होस् वा २०६२/०६३ को आन्दोलन होस् , कुनै पनि आन्दोलनमा वैदेशिक हस्तक्षेप नभएको पाईदैन। अरूको त कुरो छोडौ आफूलाई महान् राष्ट्रवादी ठान्ने राजावादीले गरेको आन्दोलनमा समेत भारतको यू पी का मुख्यमन्त्री योगी आदित्य नाथको तस्वीर राखेर भए पनि आफ्नो हैसियत देखाए।

नेपालमा राजनीतिका नाममा भएका जुनसुकै आन्दोलन पनि विदेशीको आशिर्वाद विना निष्कर्षमा पुगेका छैनन्। यसरी पूरा भएका आन्दोलनमा नेत्तृत्त्व गरेका नेतालाई नै ती विदेशीले आफ्नो ईशारामा काम गर्न वाध्य तुल्याउछन्। यदि ती नेताले उनीहरूको ईशारामा काम गर्न सकेनन् भने ती नेतालाई फेरेर अर्को नेतालाई सत्तामा ल्याउछन् र आफ्नो उद्देश्य पूरा गर्छन्। यसरी लागी पर्ने विदेशीहरू उत्तर, दक्षिण र पश्चिम तिर छन्। तिनीहरूको स्वार्थ पूर्तिका लागि हाम्रा नेता प्रयोग भै दिन्छन्। यो प्रयोग हुनुमा उनीहरू( विदेशीहरू)भन्दा पनि हाम्रै नेताको सत्ता लिप्सा नै प्रमुख कारण हो। हाम्रो शरीरमा रोग प्रतिरोध क्षमता कम हुन जादा जसरी विभिन्न रोगहरूले आक्रमण गर्छन् त्यसरी नै हाम्रा देशका नेताको कमजोरीले विदेशी हस्तक्षेप हुने हो।

विश्वव्यापी रूपमा राजनीतिको परिभाषा एउटै देखिए पनि राजनीतिका मोडेलहरू देशको भूराजनीतिलाई हेरेर तय हुनु पर्छ। कुनै पनि देशको राजनीतिक मोडेललाई हु वहु कपी गरेर मुलुक भित्र प्रवेश गराउनु हुदैन। राजनीति तय गर्ने तत्वहरूका वारेमा नबुझी त्यसको सिद्धान्त आयात गरिएमा त्यसले जनता र देशको भलो गर्न सक्दैन। जुनसुकै राजनीतिक ब्यबस्था जनताले चाहेको त हुनै पर्छ तर त्यसलाई देशको आन्तरिक श्रोतले समेत सम्वोधन गर्न सक्ने हुनु पर्छ। विकास निर्माणका काममा भने वैदेशिक सहयोग लिनु पर्ने हुन्छ र यही सहयोगमा भित्रिएर आउन सक्छन् हस्तक्षेपहरू। वैदेशिक हस्तक्षेपहरू राजनीतिका नाममा, अर्थनीतिका नाममा,शिक्षाका नाममा, स्वास्थ्यका नाममा, विकासका नाममा, विभिन्न रूपमा आउन सक्छन् तर ती सबै आखा चिम्लेर स्वीकार गर्नु हुदैन। प्राप्त हुने सहयोगहरूले हाम्रो देश र जनताको आवश्यकता पूरा गर्छ कि दातृ निकायको स्वार्थ पूरा गर्छ त्यो समय मै सोच्न सक्नु पर्छ।

एउटा उदाहरण दिन उपयुक्त लाग्यो- २०२८ सालमा लागू गरिएको नयां शिक्षा योजना शिक्षा क्षेत्रमा गरिएको वैदेशिक हस्तक्षेप थियो जसले हाम्रो परम्परा, नैतिकता, ईमान्दारिता, सामाजिक मूल्य मान्यता सबै भत्काएर विदेशीको चाहनाको वीजारोपण गरिदियो। यस किसिमका हस्तक्षेपहरू त्यस पछि पनि प्रसस्त भएका छन् जुन उल्लेख गरेर साध्य छैन। विदेशीले हाम्रो देशलाई प्रयोगशाला बनाएका छन्, यिनै प्रयोगशाला बनाउन सहयोग गर्ने हाम्रा नेता मार्फत मुलुकमा राजनीतिक हस्तक्षेप सन्चालन भै रहेको छ। यो अवस्था यति गम्भीर भएको छ कि यहा कुनै राजनीतिक गतिविधि भए पनि यो कसको ईशारामा हुदैछ भनेर सोच्न वाध्य हुनुपर्छ।

यसरी हुने हस्तक्षेपलाई रोक्न नसक्ने राष्ट्रहरू विश्व मान चित्रबाट हराउन सक्छन्। यो अध्यारो सम्भावनालाई हेरेर हामीले सच्चा नेता छान्न सकेनौ भने हाम्रो अवस्था पनि त्यस्तै हुन सक्छ। सचेत बनौं, सचेत रहौं।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीमाथि निरन्तर आक्रमणको अर्काे श्रृंखला- ‘कुलिङ्ग पिरियड’

अख्तियार प्रमुख राईविरुद्ध तीन ठूला प्रकरणमा छानबिनको माग गर्दै उजुरी दर्ता

गृह पुगेपछि सचिवको स्वास्थ्यमा गडबडी

कुलिङ अफ पिरियडको संशोधन प्रस्तावलाई गलत ढंगबाट प्रचार गरियो

प्रतिवेदन लेखन अघि तीन शीर्ष नेतासँग छलफल गर्दै विशेष छानबिन समिति

जिल्लाबासी विवादित सहसचिवलाई सामान्य प्रशासनमा भित्र्याउने मन्त्री न्यौपानेको तयारी

वैदेशिक हस्तक्षेप र राजनीति

जेनिशा घिमिरेका तीन मुक्तक

बिशेष