नक्कली लालपुर्जा जारी गरेको आरोपमा मालपोत अधिकृतसहित २ पक्राउ

 सरकारी छापको दुरुपयोग गर्दै नक्कली लालपुर्जा बनाइ वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जनालाई पक्राउ गरिएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो पक्राउ परेका मध्ये अर्का व्यक्ति कार्यालय सहयोगी सञ्जय कुमार केवट हुन्। उनीहरूलाई पुरानो कित्ता प्रकरणसँग जोडिएको जग्गा अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार प्रारम्भिक अनुसन्धानमा सरकारी छापको दुरुपयोग गरी सरकारी स्वामित्वको जग्गाको नक्कली लालपुर्जा तयार पारिएको पाइएको छ। उनले भने, “ठूलो रकम लिएर सरकारी जग्गाको नक्कली लालपुर्जा जारी गरिएको देखिएको छ। यस घटनामा संलग्न केही अन्य कर्मचारी अझै फरार छन्।”

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी तीव्र पारिएको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

बिज्ञापन

यस किसिमको गम्भीर अनियमितताले सरकारी दस्तावेजप्रति आमनागरिकको विश्वास घटाउने जोखिम रहँदै आएको भन्दै प्रहरी स्रोतले कारवाही प्रक्रिया कडाइका साथ अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

माथिल्लो कर्णालीबाट पाँच सहसचिव, सार्वजनिक प्रशासनमा बढ्दो उपस्थिति

राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

बिशेष