संसदीय विशेष छानविन समितिको म्याद साता दिन थप्ने तयारी

कुलिङ अफ पिरियडमा भएको छेडखानीको बिषयमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिने भएको छ । २१ दिनको म्याद दिएर गत असार २३ मा गठित संसदीय विशेष छानबिन समितिको म्याद एक साता थपिन भएको हो ।
यस अघि गठनका एक साता जीवन परियारलाई सभापति वा संयोजक के भन्ने ? यही लफडामा अल्झिएको समितिको म्याद थप एक साता थपिन लागेको हो ।
समितिले यो बीचमा मन्त्री,मुख्य सचिव,संघीय संसदका महासचिव,समितिका सभापति,सचिवहरु,सहसचिव,दलका सचेतक,राज्य व्यवस्था तथा सुशासन समिति तथा उपसमितिसँग सोधपुछ गरिसकेको छ । यस्का अलवा केही विज्ञसँग समेत समितिले छलफल गरेको छ ।

बिज्ञापन

सोधपुछ सकाएर प्रतिवेदन लेख्ने समितिको तयारी छ । समितिको म्याद यही साउन ११ गते सकिँदैछ । त्यही कारण समितिले एक साता म्याद थप्न आग्रह गरेको छ । समितिको आग्रह अनुसार एक साता म्याद थप्ने १९ साउनको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गर्ने गरी तयारी छ समितिको ।

बिज्ञापन

समितिमा नेपाली कांग्रेस जीवन परियार र सुशीला थिङ एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य,नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

बिशेष