घुमुवामार्फत असुलीमा संलग्न तीन जना तानिए, एसपी खड्काको भूमिका फेरि प्रश्नमा

सशस्त्र प्रहरी बलले तराईका जिल्लामा वर्षौंदेखि भइरहने ‘घुमुवा अपरेसन’ फेरि विवादमा तानिएको छ । संगठन प्रमुख राजु अर्यालको नेतृत्वमा लामो समयदेखि चलाइएको यो अपरेसन अन्तर्गत असुलीमा संलग्न भन्दै धनुषाबाट तीन घुमुवाहरूलाई हालै मुख्यालयले तानेको छ ।

बिज्ञापन

धनुषा स्थित सशस्त्र प्रहरी ८ नम्बर गणका एसपी निर्मल खड्काले घुमुवा मनोज यादव र अजय मण्डललाई आर्थिक संकलनमा प्रयोग गरेको भन्ने उजुरीको आधारमा मुख्यालयले उनीहरूलाई छानबिनका लागि काठमाडौँ बोलाएको हो । यसैगरी महिनाथपुरमा प्रस्तावित गुल्मका डिएसपी सिताराम पौडेलद्वारा परिचालित घुमुवा धनञ्जय यादवलाई पनि मुख्यालयले तानेको छ ।

बिज्ञापन

यी घुमुवाहरूले रकम दिने व्यापारीहरूलाई बचाउने, नदिनेहरूमाथि छापा मार्ने, स्थानीय प्रहरीलाई समेत मिलाउने जस्ता कार्य गरेको आरोप लागेको छ । यस्तो व्यवहारमाथि विभिन्न सञ्चार माध्यमहरूमा समेत प्रश्न उठ्दै आएका थिए । तर छानबिनका लागि आफ्ना दुई घुमुवा तानिएपछि पनि एसपी खड्काले पुनः लोक बहादुर कार्की नामक नयाँ घुमुवा परिचालन गरेको पाइएको छ । अब मुख्यालयले कार्कीलाई पनि छानबिनमा तान्ने कि नतान्ने भन्ने विषय चासोको विषय बनेको छ ।

स्रोतहरूका अनुसार एसपी खड्का यसअघि पर्सामा कार्यरत रहँदा पनि यस्तै किसिमका कार्यशैलीका कारण विवादमा आएका थिए ।तराईका सीमावर्ती जिल्लामा गैरकानुनी गतिविधि नियन्त्रण गर्न बनाइएको घुमुवा प्रणाली उल्टै असुलीको माध्यम बनेकोप्रति प्रहरी संगठन भित्रैबाट पनि गुनासाहरू बढेका छन् । मुख्यालयले यसपटक यस्ता गम्भीर गुनासामाथि कसरी कारबाही गर्छ भन्नेमा आम चासो रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष