खरिदारदेखि सहसचिवसम्मका कुन पदमा कहिले खुल्छ विज्ञापन ? (कार्यतालिकासहित)

लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आर्थिक बर्ष ८२/ ८३ का लागि निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद सेवा तथा राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाका पदका लागि लक्षित गर्दै वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।

बिज्ञापन

सार्वजनिक कार्यतालिका अनुसार,सचिव तहमा बढुवा आवश्यक्ता अनुसार हुने जनाइएको छ । यस्तै,असोज अन्तिम साता सहसचिव तहको विज्ञापन खुलाइने,मंसिरमा परीक्षा,पुस- माघमा लिखित परीक्षा र अन्तर्वार्ता तथा सिफारिस फागुन चैत्रमा हुने सूचनामा उल्लेख छ ।

बिज्ञापन

उपसचिव तहको खुला आन्तरिक परीक्षा तथा बढुवाका प्रतिशत निर्धारण भदौं असोजमा खुल्ने सूचनामा उल्लेख गरिएको छ । विज्ञापन असोज अन्तिम बुधबार खुलाइने जनाइएको छ भने लिखित परीक्षा फागुन -चैत्रमा र अन्तर्वार्ता तथा सिफारिस चैत्र तथा वैशाखमा हुने तालिकमा उल्लेख छ । स्वास्थ्य सेवा ११ औं तहको प्रतिशत निर्धारण भदौं असोजमा हुने जनाइएको छ भने असोज अन्तिममा विज्ञापन प्रकाशन हुने जनाइएको छ यस्तै पुस माघमा परीक्षा सञ्चालन हुने, तथा सिफारिस चैत्र वैशाखमा हुने तालिकामा उल्लेख छ ।


यस्तै आयोगले शाखा अधिकृत (प्राविधिक) असोज कार्तिकमा प्रतिशत निर्धारण हुने,कार्तिक अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशन हुनेछ भने जेठ- असारमा अन्तर्वार्ता तथा सिफारिस हुने आयोगले जनाएको छ । स्वास्थ्य सेवा आठौं तहको प्रतिशत निर्धारण असोज कार्तिकमा हुने जनाइएको छ भने विज्ञापन कार्तिक अन्तिम बुधबार प्रकाशन हुने जनाइएको छ । यस्तै स्वास्थ्य सेवा सातौं तहको विज्ञापन कार्तिक अन्तिम बुधबारै प्रकाशन हुने छ । स्वास्थ्य सेवाका सातौं र आठौं तहको अन्तर्वार्ता तथा सिफारिस जेठ असारमा हुने आयोगद्धारा जारी कार्यतालिकामा उल्लेख छ ।

बिज्ञापन

यस्तै शाखा अधिकृततर्फ (अप्राविधिक)को विज्ञापन मंसिर अन्तिम बुधबार प्रकाशन हुने आयोगले कार्यतालिका बनाएको छ । साउन भदौंमा मात्र सो पदका लागि लिइएका विज्ञापनको अन्तर्वार्ता तथा सिफारिस हुने छ । यस्का अलवा नासु तह (अप्राविधिक)तर्फ पुस अन्तिम बुधबार विज्ञापन प्रकाशन भने नासु तह (प्राविधिक) र स्वास्थ्य सेवा पाँचौं तहको विज्ञापन माघ अन्तिम बुधबार हुनेछ । यी पदको विज्ञापनपछि वैशाखमा परीक्षा,जेठमा लिखित परीक्षा र साउन भदौंमा अन्त्र्वार्ता वा सिफारिस हुने अयाोगको सूचनामा उल्लेख छ ।

यस्का अलवा खरिदार तह प्राविधिक तथा अप्राविधिक सेवा र स्वास्थ्य सेवा चौथौं तहको विज्ञापन फागुन तथा चैत्र अन्तिम बुधबार हुने जनाइएको छ भने कार्यतालिका अनुसार यी पदमा जेठमा परीक्षा,असारमा लिखित परीक्षा र साउनमा अन्तर्वार्ता तथा सिफारिस हुने कार्यतालिकामा जनाइएको छ ।

यसैगरी सङ्गठित पदका लागि सूचना प्रकाशन साउन देखि सूरु हुन छ । यसैगरी, लिखित परीक्षा असोज कातिकमा हुने छ भने मङ्सिर पुसमा नतिजा प्रकाशन हुने छ ।
यद्यपि अदालतको आदेश फैसला कार्यान्वयनको क्रममा उल्लिखित कार्यतालिका फेरबदल हुन सक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संसदीय विशेष छानविन समितिको म्याद साता दिन थप्ने तयारी

यता छानबिन,उता सँगसँगै सरुवा र बढूवा

यस्ता छन् संघीय निजामती विद्येयकमा सांसदहरुको संशोधन प्रस्ताव

घुमुवामार्फत असुलीमा संलग्न तीन जना तानिए, एसपी खड्काको भूमिका फेरि प्रश्नमा

३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा

गुनासो भए पोख्न छुट्टै कुना

सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

यसै बर्ष अवकाशमा जान लागेका सचिवको एक बर्ष कार्यकाल लम्बाउने गरी एमाले सांसदको संशोधन प्रस्ताव

बिशेष