सुव्वादेखि उपसचिवसम्मका २० कर्मचारीको सरुवा : अख्तियारबाट १२ ‘आउट’,८ को ‘इन्ट्री’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुव्वा तहदेखि उपसचिवसम्मका २० कर्मचारीको सरुवा गरेको छ । बुधबारको मध्यराती सार्वजनिक गरिएको सरुवा सूची अनुसार सुव्वा तहका १,शाखा अधिकृत ११ र उपसचिव तहका ९ जना कर्मचारीको सरुवा गरेको हो । जस अनुसार १२ जना कर्मचारीहरु अख्तियारबाट बाहिरिएका छन् भने ८ विभिन्न निकायबाट अख्तियारबाट इन्ट्री भएका छन् । अख्तियारमा चार जना उपसचिव र चार अधिकृत भित्रिदा,अख्तियारबाट ५ उपसचिव, ६ शाखा अधिकृत र १ नायब सुब्बा आउट भएका हुन ।

बिज्ञापन

जस अनुसार जिसस रौतहटबाट अमित कुमार यादव अख्तियारमा इन्ट्री मारेका छन् भने युवा तथा खेलकुदबाट लीला नाथ दाहाल,जिसस लमजुङबाट रोशन अर्याल,खानी तथा भूगर्भ विभागबाट सुरेश श्रेष्ठ,सहितका उपसचिवहरु अख्तियारमा भित्रिएका छन् ।

बिज्ञापन

यस्तै शाखा अधिकृत तहका जीत बहादुर परियार हुलाक सेवाबाट,सामान्य प्रशासनको अतिरिक्त समूहबाट गणेश ढकाल,खगेन्द्र थापा,राष्ट्रिय सतर्कता केन्द्रबाट सूर्य प्रकाश विष्ट गरी १२ कर्मचारी अख्तियारमा भित्रिएका छन् ।
सरुवाको सूची अनुसार अख्तियारबाट बाहिर पठाइएका कर्मचारीहरुमा उपसचिव देवी थपलिया,विनोद उपाध्याय,सुरज घिमिरे,निरज कुमार देवलाई सामान्यको बरण्डा,सन्तोष ढकाल उद्योगमा इन्ट्री भएका छन् ।
शाखा अधिकृत रविना पाण्डे राष्ट्रिय योजना आयोग,भुवन लिम्बु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गरिमा श्रेष्ठ सहरी विकास,पुरुषोत्तम देवकोटा सामान्य अतिरिक्त,इन्द्र भट्टराई शिक्षा मन्त्रालय,मुकुन्द कुमार कर्ण सहरी विकास मन्त्रालयमा सरुवा हुँदा नासु सन्तोष अधिकारी अख्तियारबाट भौतिक मन्त्रालयमा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

माथिल्लो कर्णालीबाट पाँच सहसचिव, सार्वजनिक प्रशासनमा बढ्दो उपस्थिति

राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

बिशेष