सुव्वादेखि उपसचिवसम्मका २० कर्मचारीको सरुवा : अख्तियारबाट १२ ‘आउट’,८ को ‘इन्ट्री’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुव्वा तहदेखि उपसचिवसम्मका २० कर्मचारीको सरुवा गरेको छ । बुधबारको मध्यराती सार्वजनिक गरिएको सरुवा सूची अनुसार सुव्वा तहका १,शाखा अधिकृत ११ र उपसचिव तहका ९ जना कर्मचारीको सरुवा गरेको हो । जस अनुसार १२ जना कर्मचारीहरु अख्तियारबाट बाहिरिएका छन् भने ८ विभिन्न निकायबाट अख्तियारबाट इन्ट्री भएका छन् । अख्तियारमा चार जना उपसचिव र चार अधिकृत भित्रिदा,अख्तियारबाट ५ उपसचिव, ६ शाखा अधिकृत र १ नायब सुब्बा आउट भएका हुन ।

बिज्ञापन

जस अनुसार जिसस रौतहटबाट अमित कुमार यादव अख्तियारमा इन्ट्री मारेका छन् भने युवा तथा खेलकुदबाट लीला नाथ दाहाल,जिसस लमजुङबाट रोशन अर्याल,खानी तथा भूगर्भ विभागबाट सुरेश श्रेष्ठ,सहितका उपसचिवहरु अख्तियारमा भित्रिएका छन् ।

बिज्ञापन

यस्तै शाखा अधिकृत तहका जीत बहादुर परियार हुलाक सेवाबाट,सामान्य प्रशासनको अतिरिक्त समूहबाट गणेश ढकाल,खगेन्द्र थापा,राष्ट्रिय सतर्कता केन्द्रबाट सूर्य प्रकाश विष्ट गरी १२ कर्मचारी अख्तियारमा भित्रिएका छन् ।
सरुवाको सूची अनुसार अख्तियारबाट बाहिर पठाइएका कर्मचारीहरुमा उपसचिव देवी थपलिया,विनोद उपाध्याय,सुरज घिमिरे,निरज कुमार देवलाई सामान्यको बरण्डा,सन्तोष ढकाल उद्योगमा इन्ट्री भएका छन् ।
शाखा अधिकृत रविना पाण्डे राष्ट्रिय योजना आयोग,भुवन लिम्बु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गरिमा श्रेष्ठ सहरी विकास,पुरुषोत्तम देवकोटा सामान्य अतिरिक्त,इन्द्र भट्टराई शिक्षा मन्त्रालय,मुकुन्द कुमार कर्ण सहरी विकास मन्त्रालयमा सरुवा हुँदा नासु सन्तोष अधिकारी अख्तियारबाट भौतिक मन्त्रालयमा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

बिशेष