७ लाख ३१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ वरिष्ठ वन अधिकृत

डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव ७ लाख ३१ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरबाट खटिएको टोलीले यादवलाई कार्यालयमै घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

बिज्ञापन

कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनमा घाटगड्डी गरिएको काठको बिमर्का र छोडपुर्जी दिने क्रममा सेवाग्राहीसँग यादवले घुस मागेको उजुरी अख्तियारमा परेपछि आयोग सक्रिय भएको थियो। उजुरीको आधारमा निगरानी थालेको टोलीले सोमबार उनलाई सेवाग्राहीबाट रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

यादवमाथि यसअघि पनि कर्मचारी सरुवा बढुवा प्रक्रियामा राजनीतिक पहुँच प्रयोग गरी रकम संकलन गर्ने, सामुदायिक वनको छोडपुर्जी, कार्ययोजना र विधान नविकरणको नाममा अनियमित रकम उठाउने गरेको गुनासो बढ्दै आएको अख्तियार स्रोतले जनाएको छ।

बिज्ञापन

प्राप्त जानकारीअनुसार यादवसहित थप एक व्यक्ति घटनामा संलग्न रहेका छन्। ती व्यक्तिले एक लाख रुपैयाँ बुझेको र हाल फरार रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

बिशेष