निजामती सरुवा मापदण्ड परिमार्जन हुँदै, गुनासो सुनुवाइ संयन्त्र निर्माणको तयारी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन र काज सरुवासम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन गर्न मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएकी छन्।

बिज्ञापन

सोमबार मन्त्रालयका सचिव र सहसचिवहरूसँगको छलफलमा मन्त्री न्यौपानेले सरुवा प्रक्रियालाई निष्पक्ष, पारदर्शी र वस्तुगत बनाउन मापदण्डमा आवश्यक संशोधन गर्न आग्रह गरेकी हुन्।

बिज्ञापन

उनले भनिन्, “सरुवा प्रणालीको सुधार अनिवार्य छ। त्यसका लागि यथाशीघ्र रायसुझावसहित परिमार्जित मापदण्ड पेश गर्नुस्।”

मन्त्री न्यौपानेले विगतमा बनेका मापदण्ड कार्यान्वयनमा कमजोर देखिएकाले अब कडाइका साथ अनिवार्य रूपमा लागू गरिने स्पष्ट पारिन्।

बिज्ञापन

सरुवा प्रणालीलाई पूर्वअनुमानयोग्य (predictable) बनाउन पनि उनले जोड दिएकी छन्। यसबाट कर्मचारीमा पारदर्शिता र विश्वसनीयता कायम हुने उनको विश्वास छ।

यसैबीच, मन्त्री न्यौपानेले निजामती कर्मचारीहरूको गुनासो सुन्न मन्त्रालयमै छुट्टै गुनासो सुनुवाइ संयन्त्र निर्माण गरिने जानकारी पनि दिइन्।

“कर्मचारीका गुनासोलाई औपचारिक रूपमा सुन्ने र सम्बोधन गर्ने संरचना हामी बनाउँदैछौं,” मन्त्री न्यौपानेले भनिन्, “यस्तो संयन्त्रले कर्मचारी सन्तुष्टि र प्रणालीको सुधार दुवैमा योगदान पुर्‍याउनेछ।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

प्रधानसेनापति सिग्देलको भनाइपछि राजसंस्था र राष्ट्रिय सुरक्षाबारे बहस चर्कियो

बिशेष