सरकारले मापदण्ड विपरीत प्रयोगमा आएका सरकारी सवारीसाधन फिर्ता गर्न कडा कदम चालेको छ। पहुँचवालाहरूले नियम मिचेर सरकारी गाडी चलाउने क्रम बढेपछि सरकार यसप्रति गम्भीर बनेको हो।
बिज्ञापन
बिज्ञापन
सोमबार बसेको मुख्य सचिवको अध्यक्षतामा सम्पन्न सचिवहरूको बैठकले, कुनै पनि पदाधिकारी वा कर्मचारीले तोकिएको मापदण्ड विपरीत सवारी प्रयोग गरेको पाइएमा ती गाडीहरू तत्काल फिर्ता गरिने निर्णय गरेको हो। यस्तै, सबै सरकारी निकायहरूलाई आफ्नो मातहतका सवारीसाधन र प्रयोगकर्ताको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ।
बिज्ञापन
बैठकको निर्णयअनुसार, मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, प्राधिकरण, समिति लगायतका निकायहरूले हाल प्रयोगमा रहेका गाडी र तिनका प्रयोगकर्तासम्बन्धी विवरण तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्नेछ। साथै, यदि कसैले मापदण्ड उल्लंघन गर्दै गाडी प्रयोग गरिरहेको भेटिएमा त्यसलाई तत्काल फिर्ता गर्ने तथा गराउने जिम्मेवारी सम्बन्धित निकायलाई दिइएको छ।
सरकारको यो निर्णयपछि सार्वजनिक सम्पत्तिको दुरुपयोगमा संलग्न व्यक्तिहरूलाई कारबाहीको सम्भावना बढेको छ।