विपद् पूर्वतयारी : कर्मचारी बिदा बस्न नपाउने

 मनसुन सक्रिय रहँदै देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेका बेला नेपाल सरकारले सबै तहका कर्मचारीहरूलाई अत्यावश्यक बाहेक कार्यस्थल नछाड्न निर्देशन दिएको छ।

बिज्ञापन

आज बसेको नेपाल सरकारका सचिवहरूको बैठकले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई सम्भावित मनसुनजन्य विपद्‌लाई मध्यनजर गर्दै बिदामा नबस्न र कार्यालय नछोड्न आदेश दिएको हो।

बिज्ञापन

बैठकको निर्णय बुँदा ४ (ख) मा भनिएको छ, “मनसुनको कारणबाट हुन सक्ने सम्भावित विपद्‌लाई मध्यनजर गरी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरू अत्यावश्यक काममा बाहेक कार्यस्थल नछाड्ने र बिदामा नबस्ने। जिल्लास्थित कार्यालय प्रमुखहरूले प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरी बिदा नबस्ने।”

त्यस्तै, संघीय मन्त्रालयहरूले पनि प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूलाई भौतिक रूपमा उपस्थित हुने गरी आयोजना गरिने बैठक, गोष्ठीमा बोलाउन नपाउने निर्णय गरिएको छ।

बिज्ञापन

बैठकले आगामी दिनमा मनसुनजन्य विपद्‌ व्यवस्थापनका लागि गृह मन्त्रालय तथा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय, रेडक्रस अभियान, गैरसरकारी तथा सामुदायिक संस्थाहरूलाई तयारी, खोज, उद्धार र राहत कार्य प्रभावकारी रूपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय समेत गरेको छ।

सरकारले देशभरि बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेका बेला सतर्कता अपनाउँदै विपद्‌ न्यूनीकरणमा संयन्त्रगत तयारीलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष