मन्त्रीको ७८ लाख घुस डिलको अडियो सक्कली

 

बिज्ञापन

पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र विचौलियाबीच भएको कुराकानीको घुस डिलको अडियो सक्कली भएको पाइएको छ । मन्त्री गुप्ताले एआईको प्रयोग गरेर आफूलाई बदनाम गराइएको बताउँदै आएका थिए तर विधि विज्ञान प्रयोगशालाबाट भएको अनुसन्धानको क्रममा मन्त्रीको घुस डिलको अडियो संवाद सक्कली भएको पृष्टि भएको हो ।

बिज्ञापन

हाल लमजुङ कालपोतमा कार्यरत रहेका रामचन्द्र अधिकारीलाई कास्की मालपोतमा सरुवा गरेर ल्याउन ५३ लाख र जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्त गरिदिन भन्दै २५ लाख घुस डिल गरिरहेको अडियो सक्कली रहेको प्रयोगशालाबाट पेष्टि भएको हो । विचौलियाले कास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३५ रोपनी जग्गा हडप्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठका अलवा भूमि मन्त्री बलराम अधिकारीदेखि सचिव अर्जुन पोखरेलसम्मलाई घुस खुवाएको अडियो सार्वजनिक भएको थियो । जसमध्ये पहिलो अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको हो ।

भूमि मन्त्रालय कस्ले चलाउँछ ?

बिज्ञापन

बाटुलेचौरको १ सय ३५ रोपनी जग्गा भूमाफिया र बिचौलियाको योजनामा विभिन्न व्यक्तिका नाममा लैजान रचिएको प्रपञ्चमा भूमि व्यवस्थामन्त्री अधिकारी, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ता, पूर्वभूमि व्यवस्थामन्त्री श्रेष्ठ, पूर्वसचिव पोखरेल र बिचौलिया लामा जोडिएका दुई छुट्टाछुट्टै अडियो सार्वजनिक भएको थियो । गत पुसमा भएको अडियो संवाद समेत समावेश गरी १० असारमा अख्तियारमा अडियोसहित उजुरी परेको थियो । पहिलो अडियोमा तत्कालीन मन्त्री गुप्ता, बिचौलिया लामा र पूर्वमन्त्री श्रेष्ठको संवाद सुनिन्छ । दोश्रो अडियोमा भूमि व्यवस्थामन्त्री अधिकारीले ३२ लाख र तत्कालीन भूमि व्यवस्था सचिव पोखरेलले ५ लाख रुपैयाँ घूस बुझेको संवाद छ ।

प्रयोगशालाबाट उक्त घुस डिलको अडियो सक्कली पृष्टि भएसँगै अख्तियारले बयान र आवाज परीक्षणका लागि पूर्वमन्त्री गुप्ता र बिचौलिया लामालाई आज टंगालमै डाकेको छ । यो प्रकरणमा मुछिएपछि मन्त्री गुप्ताले ३१ असारमा पदबाट राजीनामा दिइसकेका छन् भने भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र पूर्वभूमि व्यवस्था सचिव अर्जुन पोखरेल भने अनुसन्धानबाहिरै रहेका छन् ।

मन्त्रीको घुस काण्डको अडियो लिक

एक उपसचिव सरुवा गर्न ५३ लाखको डिल,विवादमा मुछिए ओली सरकारका दुई मन्त्री

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष