कार्यालय सहयोगीदेखि उपसचिवसम्मका ३१ कर्मचारीको सरुवा

उद्योग मन्त्रालयले एकै पटक ३१ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले कार्यालय सहयोगीदेखि उपसचिव तहका गरी ३१ कर्मचारीको एकै लटमा सरुवा गरेको हो । यसरी सरुवामा परेका कर्मचारीहरुमाथि विभागीय कारवाही गर्नुपर्ने थियो तर मन्त्रालयले अन्यन्त्र सरुवा गरेर चोख्याउन खोजेको छ । मन्त्रिपरिषद् कार्यालयले विभागीय कारबाही गर्न दिएको निर्देशन समेत अटेर गर्दै उद्योग मन्त्रालयले ३१ कर्मचारीलाई कारबाही भन्दै सरुवा गरेको हो ।

बिज्ञापन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार कम्प्युटर निर्देशकसहित कर्मचारीलाई सरुवा गरेको हो । सरुवामा परेकाहरुमा शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगीसहित ३१ जना कर्मचारीहरु रहेका छन् । कार्यालयको सिस्टम डाउन गरी सेवाग्राहीसँग खुलेआम घुस असुल्ने ती कर्मचारीहरुलाई कारवाही नगरी सरुवा गरेर चोख्याउने खेल सुरु भएको हो ।

बिज्ञापन

यी कर्मचारीको मिलेमतोमा सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको भन्ने गुनासो आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गत असार २७ गतेको निर्णयअनुसार सहसचिवको नेतृत्वमा छानबिन समिति समेत गठन भएको थियो । सोही छानबिन समितिको प्रतिवेदनका आधारमा उनीहरुको सरुवाको निर्णय भएको हो ।

‘सो सिफारिस समितिको सिफारिस प्रतिवेदन समेतका आधारमा कम्पनी रजिस्ट्रारको कार्यालयमा कार्यरत कम्प्युटर निर्देशक, शाखा अधिकृत, नायब सुब्वा, कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगीसहित जम्मा ३१ जना कर्मचारीहरूलाई कम्पनी रजिस्ट्रार कार्यालयबाट अन्यत्र निकायमा कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष