जागिर छाडेकी लेखापालकै हस्ताक्षरमा बैंकिङ कारोवार, अख्तियारमा उजुरी

जागिरबाट राजीनामा दिएर पाँच महिनाअघि विदेशिएकी लेखापालको नाममा अझै आर्थिक कारोबार भइरहेपछि सरोकारवालाले शंका उठाउँदै अख्तियारमा उजुरी दिएका छन्।

बिज्ञापन

तारकेश्वर गाउँपालिका–५ स्थित शंखादेवी माविकी लेखापाल अनिता तामाङले फागुन १ गते राजीनामा दिएकी थिइन्। उनी वैदेशिक रोजगारीका लागि देश बाहिर गइसकेकी छन्। तर विद्यालयको बैंक खाताबाट भुक्तानी जारी गर्न बनाइएका चेकमा अझै पनि तामाङको हस्ताक्षर देखिएको खुलासा भएको छ।

बिज्ञापन

विद्यालयको खाता हिमालयन बैंक गोर्स्याङ शाखामा सञ्चालित छ। चेकमा लेखापालसँगै हालका प्रधानाध्यापक राजाराम अधिकारीको पनि हस्ताक्षर रहने चलन छ। तर राजीनामा दिइसकेकी र नेपालमै नरहेकी तामाङको हस्ताक्षर चेकमा देखिनु आफैँमा शंकास्पद मानिएको छ।

विद्यालयका एक शिक्षकका अनुसार, अन्य योग्य र सिनियर शिक्षक हुँदाहुँदै प्रधानाध्यापकमा अधिकारीलाई नियुक्त गर्न गाउँपालिका अध्यक्ष शिव अधिकारीले दबाब दिएको दाबी छ। प्रधानाध्यापक अधिकारीमाथि बजेटको अपारदर्शी उपयोगसमेतको आरोप लाग्दै आएको छ।

बिज्ञापन

प्रदेश सरकारले ‘सिक्दै, कमाउँदै’ कार्यक्रमअन्तर्गत दिएको ५ लाख रुपैयाँ बजेटमध्ये १ लाख रुपैयाँ खर्च गरेर सानो टनेल बनाइएको देखिन्छ। बाँकी रकम कहाँ खर्च भयो भन्ने विषयमा विद्यालय सञ्चालक समितिलाई स्पष्ट विवरण प्रस्तुत गरिएको छैन।

त्यसैगरी अर्को स्रोतबाट विद्यालयको वाल लगाउन भनेर आएको ४ लाख ५० हजार रुपैयाँ बजेट पनि कहाँ, कसरी खर्च भयो भन्ने बारेमा अधिकारीले चित्त बुझ्दो हिसाब नगरेको भन्दै सरोकारवालाहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका हुन्।

शिक्षा क्षेत्रको पारदर्शिता र जवाफदेहिताको सवालमा आएको यस घटनाले शिक्षा संस्थाभित्रको आन्तरिक प्रशासनप्रति गम्भीर प्रश्न खडा गरेको छ। सम्बन्धित निकायबाट तत्काल छानबिन र आवश्यक कारबाही प्रक्रिया थालिनुपर्ने माग स्थानीयबासीको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियार विकासको सबैभन्दा ठूलो अवरोध बन्यो:- पूर्वसचिव उपाध्याय

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

बिशेष