काँग्रेस- एमालेका कर्मचारी नेता भ्रष्टचारी ठहर,माओवादीको निलम्वित

कर्मचारी ट्रेड युनियनका एक पछाडि अर्काे नेता भ्रष्टाचारी ठहर भएका छन् । दलगत ट्रेड युनियनको आडमा घुसघोरी र भ्रष्ट्रचारमा जोडिएका दुई वटा ठूला संगठनका नेताहरु विशेष अदालतबाट भ्रष्ट ठहर भएका छन् ।माओवादी निकट कर्मचारी संगठनका अर्काे नेता अकुत मुद्धा खेपिरहेका छन् ।

बिज्ञापन

शिक्षक कितावखाना ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईलाई शिक्षकको पेन्सन कागजात बनाउने क्रममा सेवाग्राहीसँग ३ लाख रकम घुस लिइसकेको अवस्थामा गत पुसमा पक्राउ गरेको थिए । अवकाश प्रास्त कर्मचारीसँग समेत घुस लिन पछि नपरेका प्रसाईलाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेष अदालतले प्रसाईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यस्का अलवा घुस उठाउन सहयोगी भूमिका खेलेका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर भएका छन् । विशेष अदालतका सदस्यहरु तेजनारायाण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरु दुबैजनालाई ६ ६ महिना कैद सजाय फैसला गरेको हो । अदालतले उनीहरु दुबैलाई डेढ डेढ लाख रुपैयाँ जरिबाना बुझाउनुपर्नेछ । यस्का अलवा ६/ ६ हजार रुपैयाँका दरले अपराध पीडित संरक्षण कोषमा क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि गरेको छ ।

बिज्ञापन

प्रसाईबिरुद्ध यस अघि पनि सेवाग्राहीसँग ५२ हजार घुस लिएकोमा मुद्दा दायर भएको थियो तर विशेषबाट उनले सो प्रकरणमा सफाई पाएका भए पनि विशेषको फैसला चित्त नबुझेर अख्तियार सर्वोच्चमा पुगेको छ । विशेषबाट क्लिन चिट पाएर सेटिङ मिलाएर फेरि किताबखाना पुगेका उनी एक जना अवकाश प्राप्त कर्मचारीसँग ३ लाख घुस लिएको प्रकरणमा अख्तियारले विशेषमा मुद्धा दायर गरेकोमा भष्ट्रचारी ठहर भएका प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेता हुन्। उनी शिक्षा मन्त्रालयको विभागीय कार्यसमितिका कोषाध्यक्ष समेत हुन ।

यस अघि विशेष अदालतबाट कर्मचारी युनियनका उपाध्यक्षलाई भ्रष्टाचारी ठहर भइसकेका छन् । गत पुस १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल र प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसहित १२ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेकोमा तीन महिनामै उक्त मुद्धाको फैसला गर्दै यो प्रकरणमा भ्रष्टाचार प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनालाई भ्रष्टाचारी ठहर गरेको हो । अर्जुनचौपारी गाउँपालिकामा बाटो ढलान गर्दा २३ लाख २५ हजार ७९५ भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना दोषी ठहर भएका हुन् । दोषी ठहर भएका सबैलाई तीन महिना कैद सजाय निर्धारण भएको छ ।

बिज्ञापन

आर्थिक वर्ष २०७५/०७६ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको गाउँपालिका सदरमुकाम व्यवस्थापन योजनाको २७ लाख ५० हजार ११ रुपैयाँ बराबरको र आर्थिक बर्ष ०७६/ ०७७ मा आठ लाख ३५ हजार तीन सय २० रुपैयाँ बराबरको गुणस्तरहीन काम गरेको देखिन आएको भन्दै अख्तियार विशेष अदालत पुगेको थियो ।विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । पुरण नेपाल निजामती कर्मचारी युनियनको ८ औं महाधिवेशनबाट आदिवासी,जनजाति तर्फको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए।

यता माओवादी निकट कर्मचारी नेतासमेत अकुत आर्जनमा डामिएका छन् । माओवादी निकट कर्मचारीका नेताविरुद्ध मुद्धा चलाएको हो,अकुत आर्जनमा । ०५४ साल माघ ८ गतेदेखि निजामती सेवामा प्रवेश गरी ०८० मङ्सिर १० गतेसम्मको अवधिमा तलब, भत्ता, सापटी, कृषि आय, जग्गा बिक्रीबाटको आयलगायतबाट ३ करोड ३९ लाख वैद्य आर्जन गरेको भए पनि सो अवधिमा घरजग्गा खरिद, निर्माण र परिवारका नाममा विभिन्न बैंक खातामा रहेको रकम तथा अन्य खर्च हेर्दा ९ करोड ६६ लाख रुपैयाँ खर्च भएको देखिएको हुँदा अख्तियारले ६ करोड बढी सम्पत्तिको स्रोत पुष्टि नभएपछि सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी अवैधानिक सम्पत्ति आर्जन गरेको आरोपमा हाल गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत (आठौँ तह)मा कार्यरत झलक शर्मा पौडेलविरुद्ध बिगो जफतको मागसहित मुद्दा दायर गरेको हो ।

यसरी मुद्धा दायर गरिएका शर्मा माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका संगठन इन्चार्ज समेत हुन्। अख्तियारले उनकी पत्नीलाई समेत प्रतिवादी बनाएको छ । अवैधरुपमा अर्जित सम्पत्ति शर्माले पत्नी हुमा कुमारीको नाममा राखेर सम्पत्ति विवरणमा नखुलाएको पाइएको भेटिएकाले पत्नीलाई समेत प्रतिवादी बनाएर मुद्धा दायर गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

रुपन्देहीमा सशस्त्र प्रहरीको दृढ उपस्थिति: सीमासुरक्षा, लागुऔषध नियन्त्रण र राजस्व सुरक्षा एकैसाथ

सुव्वाको भंयकर शक्ति

लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?

शासकलाई हाइसञ्चो,प्रशासकलाई दोव्वर जरिवाना

विशेष समितिसँग खतिवडाको बयान : ‘कर्मचारीले षडयन्त्र र विश्वासघात गरे’

सार्वजनिक विदामा समेत सम्पत्ति विवरण बुझाउन सकिने : राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था

नयाँ आर्थिक बर्षदेखि कर्मचारी सञ्चयकोषको नयाँ व्याजदर

बिशेष