अध्यागमन क्षेत्रका दुई प्रमुख निकायमा नेतृत्व परिवर्तन गर्दै गृह मन्त्रालयले पाँच जना सहसचिवको सरुवा गरेको छ। यो निर्णयलाई प्रशासनिक पुनर्संरचनासँगै भविष्यको सुधार लक्ष्यसँग पनि जोडिएको मानिएको छ।
बिज्ञापन
तिवारी अध्यागमन विभागको नेतृत्वमा
बिज्ञापन
गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभाग, कालिकास्थानको महानिर्देशकको जिम्मेवारी दिइएको छ। तिवारीको पदस्थापनसँगै हालसम्म विभागको नेतृत्व सम्हाल्दै आएका सहसचिव गोविन्दप्रसाद रिजाललाई मन्त्रालय फर्काइएको छ।
शालीन, भद्र र इमान्दार छविका धनी रिजाल प्रशासकीय क्षेत्रमा अनुभवी मानिन्छन्। उनी दर्जनौँ जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिसकेका छन् र हालै चर्चामा रहेको ‘भिजिट भिसा प्रकरण’बाट पूर्णतः अलग रहेका व्यक्तिका रूपमा चिनिन्छन्।
बिज्ञापन
नरहरि घिमिरे विमानस्थल अध्यागमन प्रमुखमा
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई मन्त्रालयमा फिर्ता बोलाइँदै हाल खोटाङका प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव नरहरि घिमिरेलाई विमानस्थलको नेतृत्व दिइएको छ।
घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन् र प्रशासनिक अनुभवका हिसाबले गृह मन्त्रालयभित्र एक कुशल व्यवस्थापकका रूपमा परिचित छन्।
श्रेष्ठ खोटाङको प्रमुख जिल्ला अधिकारी
गृह मन्त्रालयमै कार्यरत सहसचिव कल्पना श्रेष्ठलाई खोटाङ पठाइएको छ। उनले अब त्यहाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नेछिन्।
यस सरुवालाई केही प्रशासनिक पुनर्संरचना र कार्यक्षमता वृद्धि गर्नेतर्फ मन्त्रालयको प्रयासका रूपमा हेरिएको छ। आगामी दिनमा यी सरुवाबाट अध्यागमन सेवा र स्थानीय प्रशासनमा सुधारको अपेक्षा गरिएको छ।