२४ लाख ५० हजार घुससहित मालपोत प्रमुख रंगेहात पक्राउ

भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यलाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियारबाट आज दिँउसो खटिएको टोलीले आचार्यलाई घुससहित नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

जुन कार्यालयमा बस्यो सोही कार्यालयमा बदमासी गर्दै आएका कुमार आचार्यलाई अख्तियारको टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बिज्ञापन

अख्तियारका अनुसार प्रमुख आचार्यसहित कार्यालय सहयोगी टीकाराम राउत २४ लाख ५० हजार रुपैयाँ घुसससहित पक्राउ परेका छन् । जग्गाको लगतकट्टाका लागि उनीहरूले घुस लिएको भेटिएपछि टंगालबाट खटिएको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो।

आयोगले कार्यालय प्रमुख आचार्यको दुईवटा मोबाइल पनि जफत गरेको जनाएको छ । खोटाङमा जन्मिएर हुर्किएका कुमार आचार्य अहिले भक्तपुर मालपोत कार्यालय प्रमुखको भूमिका छन्,केही बर्षदेखि ।

बिज्ञापन

कुमार तिनै कर्मचारी हुन,यस अघि भैरहवा मालपोतको कार्यालय प्रमुख हुँदा भैरहवा विमानस्थलको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरण अदालत हुँदै अख्तियारसम्म पुगेको थियो ।

विमानस्थलको धावनमार्ग र पर्खाल भित्रको जग्गा सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता भएको तथ्य बाहिरिएको थियो। भूमाफियाहरूले हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिर भएको जग्गा मिश्रको नाममा दर्ता गराएका प्रकरण पछि अदालत हुँदै अख्तियारसम्म पुगेको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसहित विभिन्न स्थानमा रहेको ४ बिघा १६ कठा ७ धुर जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य उजागर भएको थियो । यसरी भूमाफियाको मिलेमतोमा सरकारी जग्गा नै व्यक्तिको नाममा गराउन योजना अनुसार नै त्यहाँ कुमारलाई भक्तपुर पठाइएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष