वालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, मोवाइल अफ गरेर घुस काण्डमा जोडिएका मन्त्री पनि सहभागी

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको मोवाइल आज बिहानै देखि अफ छ । हिजोदेखि उनको घुस काण्डको अडियो संवाद सामाजिक सञ्जालमा छरपष्ट भएसँगै मन्त्री गुप्तालाई आज बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा बोलाएर केरकार गरेका थिए । मन्त्री गुप्ताको मोवाइल त्यस यता निरन्तर अफ छ ।

बिज्ञापन

गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग २५ लाख र कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख गरी ५८ लाख डिल गरेको अडियो छरपष्ट भएसँगै उनको राजीनामा माग्न थालिएको छ,संसदमै ।

बिज्ञापन

यही समयमा अहिले साँझ वालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । साँझ पौने सात बजेदेखि शुरु भएको बैठक अहिले जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी रहेका छन् । मन्त्री गुप्ताको घुस काण्ड बाहिरिएपछि आज बिहानै प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाएर केरकार गरेका थिए । प्रधानमन्त्रीसँगको भेटपछि मन्त्री गुप्ता मोबाइल अफ गरेर बसेका थिए।

बिज्ञापन

क्याविनेट बैठक सकिएपछि बालुवाटारमै सत्ता गठबन्धनको बैठक बोलाइएको छ । जहाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणापछि पनि अनिर्णित रहेको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने बताइएको छ । देउवासँग सल्लाह र सहमतिपछि बल्ल मन्त्री गुप्तबारे प्रमले निर्णय लिनसक्ने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विचौलिया भट्ट कालोसूचीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीबाटै ग्राहकको खाताबाट करोडौं रकम गायब

सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

अख्तियार विकासको सबैभन्दा ठूलो अवरोध बन्यो:- पूर्वसचिव उपाध्याय

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

बिशेष