कर्मचारीलाई कासमू बुझाउन परिपत्र, कुन सेवाका कर्मचारीले कहाँ बुझाउने ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई आफ्नो कार्यसम्पादन मुल्यांकन भरेर बुझाउन परिपत्र गरेको छ । मन्त्रालयले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,प्रदेशका मन्त्रालय,आयोग,सचिवालय,निर्देशनालय र ७५३ स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई आर्थिक बर्ष ८१/८२ को कार्यसम्पादन मुल्यांकन गर्न परिपत्र गरेको हो ।

बिज्ञापन

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट कर्मचारीको कार्यसम्पादन मुल्यांकन गर्न गरिएको परिपत्रमा समायोजन ऐन ०७५ बमोजिम प्रदेश तथा स्थानीय तहमा समायोजन भएका र समायोजन पछि प्रदेश तथा स्थानीय तहमा शुरु नियुक्ति पाएका कर्मचारीले सम्बन्धित प्रदेशबाट जारी भएको प्रदेश कानुन अनुसार मुल्यांकन हुने व्यवस्था गर्न,प्रदेश तथा स्थानीय तहमा समायोजन भइ संघमा बढुवाका लागि योग्यता इच्छा भएका कर्मचारीहरुले निजामती सेवा नियमावली २०५० अनुसार मुल्यांकन हुने व्यवस्था गर्न परिपत्रमा भनिएको छ ।

बिज्ञापन

यस्तै,संघमा समायोजन भइ कामकाजका लागि प्रदेश तथा स्थानीय तहमा खटिएका कर्मचारीहरुले निजामती सेवा नियमावली ०५० अनुसार गर्न परिपत्रमा भनिएको छ ।

स्वास्थ्य,संसद सेवाका कर्मचारीको हकमा साविककै व्यवस्था अनुसार गर्न भनिएको छ ।

बिज्ञापन

यद्यपि कर्मचारीको कार्यसम्पादन मूल्यांकन कर्मकाण्डी रहेको आरोप लाग्दै आएको छ । एक पन्ने फाराम भरेका आधारमा अहिले कर्मचारीको कासमू मूल्यांकन हुन्छ । वार्षिक कार्यक्रम, कार्यविवरणदेखि लक्ष्य निर्धारण, प्रगति र अनुगमनसम्मको चुस्त विधि तथा प्रक्रिया छैन । कासमूलाई हरेक वर्ष पूरा गर्नुपर्ने खालको कर्मकाण्डका रूपमा विकास गरिएको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विचौलिया भट्ट कालोसूचीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीबाटै ग्राहकको खाताबाट करोडौं रकम गायब

सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

अख्तियार विकासको सबैभन्दा ठूलो अवरोध बन्यो:- पूर्वसचिव उपाध्याय

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

बिशेष