पश्चिमको सूर्योदयमा,
एक फाँसीको डोरी मुस्कुराइरहेको थियो,
त्यो कस्तो बिहानी थियो,
जहाँ चिहान र न्याय एउटै बटुवामा हिडिरहेका थिएरु
एक बालिकाको चिच्याहट अझै हावामा छ,
तर जनताको आक्रोशलाई शान्त पार्न—
हतियार होइन, डोरी प्रयोग गरियो,
कसैले भन्थे, “यो नै न्याय हो”।
हे ईश्वर,
न्यायको नाममा हिंसाको होली खेल्दा,
तिमी हाँस्छौ कि रुन्छौरु
आकाशबाट जब न्यायको छाँगो खस्छ,
त्यहाँ फाँसीको डोरी एउटा टेलिस्कोप बन्छ,
जसले न्यायको ग्रहलाई हेर्छ—
तर त्यो ग्रह सधैँ रातो देखिन्छ।
हास्नु छ कि रुनुरु
फाँसीको डोरी लटकिरहेको बेला,
भीडले ताली बजाउँदै “जय न्याय” चिच्याउँदा—
शून्यले पनि ताल ठोक्यो।
कसले जित्यो यहाँरु
हत्या गर्नेले, कि हत्या गराउनेले, कि भीडलेरु
कहिले भन्छौँ हामी, “न्याय मरेन, फाँसी खायो।”
तर न्यायको मुखबाट रक्ताम्य हाँसो निस्कन्छ,
“शान्तिको लागि, बलात्कारीलाई फाँसी”
फेरि प्रश्न गर्छ—
के यो युद्ध होइनरु
फाँसीको हावामा झुण्डिएको त्यो शरीर,
मानवताको गहिरो अन्धकारमा एउटा धरोहर हो,
जहाँ न्यायलाई देख्ने आँखा छैन,
त्यहाँ मृत्यु नै न्याय हो।
तिमी बालिका जस्को सपना चोर्नु अपराध हो,
तर तिमी बालिका जसको सपना नदेख्नु पनि अपराध हो।
“शून्यको आवाज” सुन्नेहरूका लागि,
यो डोरी एउटा शंख बनेर बजिरहेको छ,
“न्याय१ न्याय१ न्याय१”
तर त्यहाँ न्याय सस्तो छ—
हत्या गरेर बेचिन्छ,
भीडलाई खुवाइन्छ,
र शासनको बडीमा पहिरिन्छ।
कसैले प्रश्न गर्छ,
“फाँसी मृत्युलाई होइन, मानवताको हत्यालाई दिइएको हो, हैनरु”
तर विडम्बना—
फाँसीले मृत्युलाई मार्न सक्दैन,
यो त केवल प्रतिशोधको प्यास मेटाउँछ।
यो युद्ध मात्र होइन,
यो “न्यायको नाममा युद्ध” हो,
जहाँ हरेक दिन शान्ति बलात्कृत हुन्छ,
र हरेक रात न्यायको लाश चिहानमा गाडिन्छ।
हे ईश्वर,
यदि तिमी साँच्चिकै न्यायकारी छौ भने—
बलात्कारी जन्मिनुअघि किन उसको हात काटेनौंरु
हत्या हुनु अघि किन उसको हृदयमा करुणा रोपेनौंरु
तर तिमी चुप छौ,
हामी पनि चुप छौं,
र फाँसीको डोरीलाई पूजा गर्छौं—
मानौँ, यही नै मुक्ति हो।
फाँसीको डोरीमा टाँगिएको न्याय

प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%