तीन दफाले प्रदेश निजामती मारमा,संशोधनका लागि सचिवसहित २० कर्मचारीको ज्ञापन

संघीय निजामती सेवा विद्येयकमा रहेको प्रावधानले प्रदेश निजामती कर्मचारीमाथि ठूलो विभेद हुने भन्दै सो प्रावधान सच्याउन माग गरेका छन्,बागमती प्रदेशका सचिवसहितका २० कर्मचारीले ।

बिज्ञापन

संघीय निजामती सेवा विधेयकको दफा ११४ (२) र ११६ (३) मा संघीय कर्मचारीलाई दश वर्षसम्म प्रदेश सचिव पदमा कामकाज गर्न खटाउने प्रावधान राखिएको छ । यस्तो व्यवस्थाले प्रदेश निजामती सेवाको एघारौँ तहमा कार्यरत कर्मचारीहरुको वृत्ति विकास रोकिने भन्दै सो प्रदेशका सचिवसहितका २० कर्मचारीहरुले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललाई ज्ञापन पत्र बुझाएका हुन ।

बिज्ञापन

ज्ञापन पत्र बुझाउनेहरुमा बागमती प्रदेशका सचिव दीपेन्द्र सुवेदीसहित सोही प्रदेशका ११ औं तहका डा अर्जुनप्रसाद सापकोटा, एघारौँ तहकै दीपकप्रसाद तिवारी, नरेन्द्र कार्की, वसन्त अधिकारीलगायत रहेका छन् ।

ज्ञापन पत्रमा भनिएको छ कर्मचारी समायोजन ऐन, २०७५ को दफा ११ (३) मा प्रदेश कानुन बमोजिम प्रदेश सचिवको पदपूर्ति भएपछि त्यस्तो पद स्वतः प्रदेश निजामती सेवाको पद मानिनेछ भन्ने व्यवस्था गरेको छ तर संघीय निजामती सेवा विधेयक २०८० को दफा ११४ (२), ११५ र ११६ (३) ले प्रदेश निजामती सेवाका कर्मचारीहरूको वृत्ति विकासमा प्रत्यक्ष असर पर्ने अवस्था सृजना भएको छ, जुन नेपालको संविधान र संघीयताको भावना, मर्म अनुरूप नरहेको र समानताको हक (धारा १८) विपरीत रहेको उल्लेख गरिएको छ ।

बिज्ञापन

सबै कर्मचारीले योग्यता र क्षमता अनुसार समयमै आवधिक रूपमा बढुवा तथा वृत्ति विकास हुन पाउनु उसको नैसर्गिक अधिकार हो । संघीय निजामती सेवा विधेयकको दफा ११४(२) र ११६ (३) ले १० वर्ष सम्म प्रदेश निजामती सेवाको एघारौँ तहमा कार्यरत कर्मचारीहरूको वृत्ति विकास रोकिने भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उनीहरुले
कर्मचारीले दश वर्षसम्म प्रदेश सचिवमा संघीय कर्मचारी खटाउने प्रावधानले प्रदेश निजामती कर्मचारीहरू माथि ठुलो अन्याय र भेदभाव गरिएको भन्दै संघीय निजामती कर्मचारी विधेयकमा संशोधनका प्रस्ताव समेत पेस गरेका छन् ।

उनीहरुले संघीय निजामती सेवा विधेयक २०८० को दफा ११४ (२), ११५ र ११६ (३) संशोधन गरी राख्नुपर्ने व्यवस्था पनि राष्ट्रियसभा अध्यक्ष दाहाललाई सम्झाएका छन् । प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा विद्येयक यही मंगलबार पेश हुँदैछ । सो लगतै ७२ घण्टाको समय दिएर संशोधन प्रस्ताव हाल्न पाइने जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

२३ गतेका संयोजक,२९ गते पछि सभापति

प्रतिनिधि सभामा पुग्यो सामान्य प्रशासन मन्त्रीको ७८ लाख घुस डिल प्रकरण

तीन दफाले प्रदेश निजामती मारमा,संशोधनका लागि सचिवसहित २० कर्मचारीको ज्ञापन

सात सहसचिवसहित २५ कर्मचारी गृहको बरण्डामा

बिशेष