सचिव पुष्करको प्रश्न : ठूला बडाका सन्तानहरू उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारीलाई ‘पलायन’ भन्ने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।

बिज्ञापन

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सचिव पुष्करले वैदेशिक रोजगारलाई गलत रूपमा पलायनको संज्ञा दिइनु दुर्भाग्यपूर्ण भएको बताए। उनका अनुसार श्रम आप्रवासनलाई आर्थिक क्रियाकलापको स्रोतको रूपमा बुझ्न आवश्यक छ।

बिज्ञापन

“हामीले वैदेशिक रोजगारलाई पलायन भनेर गलत न्यारेटिभ बनाएका छौं। यसलाई बुझेर भनिएको हो वा नबुझेर, त्यो थाहा छैन। तर यो कुनै फ्लाइट होइन, नत देश छाडेर भागेको अवस्था हो। यो त अनुभव आर्जन गर्ने र आर्थिक गतिविधिमा योगदान दिने माध्यम हो,” सचिव पुष्करले भने।

उनले दोहोऱ्याउँदै ठूला अधिकारी र बौद्धिक वर्गबाट वैदेशिक रोजगारलाई हेप्ने दृष्टिकोण लिइएको गुनासो गरे। “ठूला बडाका छोराछोरी अमेरिका, अष्ट्रेलिया पढ्न जान्छन्, उतै बसाइँ सर्छन्। त्यो भनेको पलायन होइन रे। तर एक सामान्य नेपाली साउदी, कतार, मलेसिया गएर श्रम गर्छ भने उसलाई पलायनको ट्याग लगाइन्छ? यो त ठूलो विडम्बना हो,” उनले प्रश्न गरे।

बिज्ञापन

पुष्करले वैदेशिक रोजगारीमार्फत नेपाली युवाहरूले सीप र अनुभव प्राप्त गर्दै देशको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेका बताए। उनले अध्यागमन विभागको तथ्यांक उल्लेख गर्दै अहिलेसम्म ५५ लाख नेपाली वैदेशिक रोजगारीमा गएका र तीमध्ये ४५ लाख फर्किसकेको जानकारी पनि दिए।

“यदि यो पलायन हो भने ती लाखौं मानिसहरू किन फर्किए? के उनीहरू कहिल्यै फर्किँदैनन् भन्ने ग्यारेन्टी छ?” सचिव पुष्करको तर्क थियो।

उनले वैदेशिक रोजगारप्रति राज्य र समाजको दृष्टिकोण फेरिनुपर्ने आवश्यकता औंल्याउँदै यस्तो रोजगारलाई ‘षड्यन्त्रको नजरले’ हैन, ‘सक्षम नागरिकको उपस्थिति’ का रूपमा हेर्न आग्रह गरे।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डोल्मालाई ८३ करोड कर छुट दिने अर्थमन्त्रीको प्रयासमा अदालतको अंकुश

माओवादीबाट निर्वाचित वडाध्यक्ष र एमालेका स्थानीय नेता कांग्रेस प्रवेश

अख्तियारको स्थापना दिवसमा उत्कृष्ट कर्मचारी पुरस्कृत

प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,इन्जिनियरदेखि मेयरसहित १३ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

राष्ट्रिय सभामा जेनजी मन्त्रीको जवाफ ‘मलाई थाहा छैन,सहसचिवलाई सोधेर आउँछु’

माथिल्लो कर्णालीबाट पाँच सहसचिव, सार्वजनिक प्रशासनमा बढ्दो उपस्थिति

राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

बिशेष