सचिव पुष्करको प्रश्न : ठूला बडाका सन्तानहरू उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारीलाई ‘पलायन’ भन्ने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।

बिज्ञापन

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सचिव पुष्करले वैदेशिक रोजगारलाई गलत रूपमा पलायनको संज्ञा दिइनु दुर्भाग्यपूर्ण भएको बताए। उनका अनुसार श्रम आप्रवासनलाई आर्थिक क्रियाकलापको स्रोतको रूपमा बुझ्न आवश्यक छ।

बिज्ञापन

“हामीले वैदेशिक रोजगारलाई पलायन भनेर गलत न्यारेटिभ बनाएका छौं। यसलाई बुझेर भनिएको हो वा नबुझेर, त्यो थाहा छैन। तर यो कुनै फ्लाइट होइन, नत देश छाडेर भागेको अवस्था हो। यो त अनुभव आर्जन गर्ने र आर्थिक गतिविधिमा योगदान दिने माध्यम हो,” सचिव पुष्करले भने।

उनले दोहोऱ्याउँदै ठूला अधिकारी र बौद्धिक वर्गबाट वैदेशिक रोजगारलाई हेप्ने दृष्टिकोण लिइएको गुनासो गरे। “ठूला बडाका छोराछोरी अमेरिका, अष्ट्रेलिया पढ्न जान्छन्, उतै बसाइँ सर्छन्। त्यो भनेको पलायन होइन रे। तर एक सामान्य नेपाली साउदी, कतार, मलेसिया गएर श्रम गर्छ भने उसलाई पलायनको ट्याग लगाइन्छ? यो त ठूलो विडम्बना हो,” उनले प्रश्न गरे।

बिज्ञापन

पुष्करले वैदेशिक रोजगारीमार्फत नेपाली युवाहरूले सीप र अनुभव प्राप्त गर्दै देशको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेका बताए। उनले अध्यागमन विभागको तथ्यांक उल्लेख गर्दै अहिलेसम्म ५५ लाख नेपाली वैदेशिक रोजगारीमा गएका र तीमध्ये ४५ लाख फर्किसकेको जानकारी पनि दिए।

“यदि यो पलायन हो भने ती लाखौं मानिसहरू किन फर्किए? के उनीहरू कहिल्यै फर्किँदैनन् भन्ने ग्यारेन्टी छ?” सचिव पुष्करको तर्क थियो।

उनले वैदेशिक रोजगारप्रति राज्य र समाजको दृष्टिकोण फेरिनुपर्ने आवश्यकता औंल्याउँदै यस्तो रोजगारलाई ‘षड्यन्त्रको नजरले’ हैन, ‘सक्षम नागरिकको उपस्थिति’ का रूपमा हेर्न आग्रह गरे।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष