मन्त्रीको घुस काण्डको अडियो लिक

एक जना उपसचिव परिवर्तन गर्न मन्त्रीलाई आधा करोड घुसको प्रलोभन !

बिज्ञापन

मालपोत प्रमुखमा आफू अनुकूल कर्मचारी लैजान आधा करोड घुसको प्रलोभन मन्त्रीलाई देखाउने बिचौलिया हुन् – सुजन लामा । पोखरा, कास्कीतिरकै हुन्, भूमि व्यवस्था मन्त्रालयको चर्चित बिचौलिया भनी चिनिएका प्रमोद खड्काको चेलो । यसरी घुस रकमको प्रलोभनचाहिँ मन्त्री राजकुमार गुप्तालाई दिइएको हो । लामाले आफूअनुकूल कर्मचारी लैजान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तादेखि पूर्व भूमिमन्त्री रञ्जिता श्रेष्ठसम्मलाई प्रयोग गरे तर ‘दाल नगले’ पछि आधा करोडको लोभ देखाइएको हो ।

बिज्ञापन

प्राप्त गरेको अडियोमा बिचौलियाको प्रस्ताव छ– ‘भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई लैजान २० सम्म बुझाइदिन्छु, बलरामलाई भनिदिनुहोस् त मन्त्रीज्यू’ गुप्ताले उक्त अडियोमा भूमि व्यवस्था मन्त्रीलाई समेत मुछेको सुनिन्छ । मन्त्रीले जबाफमा भनेका छन्, बलरामले पहिल्यै पैसा बुझिसकेको जवाफ फर्काउँछन् । बिचौलियाको अर्को प्रस्ताव सुनिन्छ ‘अहिले १५ गर्दिन्छु, अदालतको १० पेटी भोलि बिहान ल्याएर छोडिदिन्छु ।’ मन्त्रीको जवाफ छ, ‘मैले राख्ने होइन, भोलि बिहानै सम्बन्धित ठाउँमा बुझाउनुपर्छ ।’ योचाहिँ २५ लाखको डिल हो ।

आफूअनुकूल उपसचिव लैजान ५३ लाख डिल गरिएको अडियोसहितको उजुरी अख्तियारमा पुगेको छ । भाट, राणा, शाह हुँदै थकालीहरूका नाममा कास्कीको बाटुलेचौरमा फैलिएको छ, १३५ रोपनी क्षेत्रफलमा लिची बगैँचा । सोही जग्गा हत्याउने योजनाअनुरूप बिचौलियाले रञ्जिता श्रेष्ठलाई प्रयोग गरिरहेका थिए, अहिले बलराम अधिकारी मन्त्री छन् । रञ्जिताले यही विषयमा पाँच पटक गुप्तालाई भेटिन् तर पार नलागेपछि भूमि आयोगको अध्यक्ष र उपसचिव लैजान आधा करोडको डिल गरेका हुन् । कुरा मिलेपछि मन्त्री गुप्ताले बिचौलियालाई लस्सी, माछा हुँदै रक्सी खान अफर गर्दछन् तर बिचौलियाले आफूले रक्सी नछुने, काम भएपछि आफैंले रक्सी खुवाउने जवाफ दिएका छन् । चिरञ्जीवी पौडेल क्यान्सर रोगी श्रीमतीको उपचार गर्नुपर्ने भएको कारण घरपायक सरुवा मागेर कास्की मालपोतमा गएका हुन् ।

बिज्ञापन

माघदेखि हाजिर भएका उनीमार्फत काम फत्ते नहुने भएपछि पाँच महिना नपुग्दै त्यहाँबाट नझिकी भएको छैन, बिचौलियालाई । ०५६ सालका १ नम्बर अधिकृत हुन्, पौडेल । जागिरे जीवनको १३ बर्ष दमौली, लमजुङ्ग, स्याङ्गजा मालपोतमा बिताएका वेदाग कर्मचारी पौडेलभन्दा पनि तीन बर्ष जुनियर (५९ का शाखा अधिकृत) हुन्, गोकर्णमणि दुवाडी । दुवाडी भूमि मन्त्रालयको सचिव हुँदा एक दिनमै त्यहाँबाट लखेटी पौडेललाई लमजुङ खटाइएको थियो । कास्कीमा दुई बर्षभन्दा बढी बिताएका रामचन्द्र अधिकारीलाई लमजुङ पठाएर पौडेललाई कास्की सरुवा गरियो गत असोज ६ गते । अवधि नपुगी सरुवा गरिएको भन्दै रामचन्द्र अदालत पुगे । अदालतले उनको मागअनुसार स्टे अर्डर नदिएपछि त्यहाँ गत पुस २६ देखि हाजिर भएका हुन् चिरञ्जीवी । तर, पाँच महिना नबित्दै उनको सरुवा गर्न बिचौलियाको समूह लागिपरेको छ ।

उसो त यसअघि उनै मन्त्री गुप्ताका स्वकीय सचिव शिव पटेलले प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि सातदेखि दश लाखसम्म डिल गरेको च्याट नै कर्मचारी प्रेसमा सार्वजनिक भएको थियो ।  यसरी खुलेआम घुस डिल गर्नेलाई अगाडि सारेर मन्त्री गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १०८ किलोको फूलमाला लगाइदिएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

ओली र पोखरेल प्यानलका यी हुन पदाधिकारीका उमेद्धार

प्रधानमन्त्री मातहतको सतर्कता केन्द्र ‘भुते’ बन्दा पशु सेवा विभागमा कीर्ते, गैरहाजिरी र संरक्षणको खेल

आधुनिक युगमा नैतिक अवसान र मानव मूल्यहरूको पुनरावलोकन

मन्त्रीका सदावहार पिए अख्तियारको ‘राडार’मा,खोसियो सिडियोको जिम्मेवारी

इञ्जिनियर यादव भ्रष्टाचारी ठहर,दुई बर्ष जेल सजाय

सिआइबीद्धारा सिंहदरबारभित्रका कर्मचारी प्रक्राउ,अनुसन्धान गर्न पाँच दिन म्याद थप

यी हुन संसद सेवा सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कार पाउनेहरु

बिशेष