उद्घाटन पर्खिरहेको एउटा परियोजना

एउटा महत्वपूर्ण परियोजना ६ महिनादेखि उद्घाटनको पर्खाइमा छ तर दुई देशका प्रधानमन्त्रीहरुकै तित्तताका कारण उद्घाटन हुन सकेको छैन ।

बिज्ञापन

उसो त प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काम नसकिँदै उद्घाटनमा हतारिएको आरोप लाग्दै आएको छ । जस्तो धरहरा,मेलम्ची,तामाकोशीमा प्रधानमन्त्रीले यस्तै हतारो देखाएका थिए । प्रमले हतारमा उद्घाटन गर्नुभएका र फुर्सदमा बनाइएका थुप्रै आयोजना र परियोजनाहरु छन् । जस्तो उद्घाटनको एक महिना पछि नै पानी चुहिएको ललितपुरको गोदावरीमा बनेको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, राष्ट्रपति र प्रधानमन्त्रीले संयुक्त रुपमा तीन बर्ष अगाडि उद्घाटन गर्नुभएको मेलम्चीको पानी, ६० प्रतिशत काम नसकिँदै वैशाख ११ मा ‘धरहरा बनिसक्यो’ भनेर उद्घाटन धरहरामात्र होइन,हालैमात्र ग्वार्कोमा उद्घाट गरिएको ओभरपास समेत सडक बत्ति जोड्नै बाँकी रहँदै उद्घाटन भएका केही योजनाहरु हुन ।
उता मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन, डिजेल, पेट्रोल र मट्टितेल एउटै पाइपलाइनबाट आउने सो पाइपलाइनको गत माघमै उद्घाटन हुनुपर्ने थियो तर भारतका प्रधानमन्त्री नरेन्द्रदास मोदीसँग सम्बन्ध सुमधुर नहुँदा सो पाइपलाइनबाट उद्घाटन हुन सकेको छैन । ०७६ साल भदौंदेखि नै डिजेल आयात गर्न थालिएको उक्त पाइपलाइनबाट गत माघदेखि नै पेट्रोल आयात गर्ने र सो को उद्घाटन दुवै देशका प्रधानमन्त्रीद्धारा गराउने तयारी थियो तर दक्षिणी छिमेकी बेखुस हुँदा काम सकिएर पनि उद्घाटन हुन नसकेको हो ।

बिज्ञापन

विश्वका १२० भन्दा बढी मुलुकले पेट्रोलियम ढुवानीका लागि करिब ४० लाख किलोमिटरभन्दा बढी पाइपलाइन विस्तार गरेका भए पनि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन मानिन्छ । ६९ दशमलव २ किलोमिटर लम्बाइमध्ये ३३ किलोमिटर भारतीय भूमिमा र ३६ दशमलव २ किलोमिटर नेपाली भूमिमा पर्ने मल्टीपर्पोज पाइपलाइनको क्षमताको २५ लाख किलोलिटर,जस्को बाहिरी ब्यास १० दशमलव ७५ इन्च र मोटाइ ० दशमलव ५ इन्च रहेको आयल निगमले जनाएको छ । सो पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपूर्ति गर्ने प्रणाली नेपाल र भारतको प्रधानमन्त्रीले संयुक्त रुपमा उदघाट्न गर्ने र त्यहि दिनदेखि उक्त पाइपलाइनबाट नियमित रुपमा पेट्रोल–मट्टितेल आयात हुने बताइए पनि पाइपलाइन बनेको पाँच महिना पूरा हुँदासम्म उद्घाटन हुन सकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षा अधिकृतको ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिका झुण्डिइन्,पक्राउ परे रावल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

किन बढ्दैछ प्रहरीमा राजीनामा दिने ट्रेन्ड ? थपिए एसएसपी रानाभाट

एसएसपी प्रकाश रानाभाटले किन दिए राजीनामा ?

सिंहदरबारमा क्याविनेट बैठक जारी,केही सचिवहरुको सरुवा हुन सक्ने

सरकार गठन र संसद विघटन दुवै असंवैधानिक : यस्तो छ बरिष्ठ अधिवक्ताहरुको तर्क

संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलाश गठन, बहसकर्तालाई ५/ ५ मिनेट समय

प्रदेशबाट फिर्ता भएका,दरबन्दी फाजिलमा परेका र बरण्डामा रहेका अधिकृतहरुको सरुवा (सूचीसहित)

बिशेष