विशेष अदालतले भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका सहसचिव प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
बिज्ञापन
काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासमकीय अधिकृत हुँदा ठेक्कामा अनियमितता गरेको आरोपमा जेठ २८ मा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेसँगै निलम्बनमा परेका परियारविरुद्ध मुद्धा दायर भएको महिना दिन पछि विशेष अदालतले २५ हजार धरौटी लिएर छोड्न आदेश दिएको हो ।
बिज्ञापन
विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले महानगरका कर्मचारीमध्ये तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई पुर्पक्षका लागि २५ हजार छाड्न विशेष अदालतले आदेश गरेको छ ।
यस्तै अदालतले बसन्त आचार्य र नमराज ढकाललाई ५० ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
बुधबार बिहान परियार, आचार्य र ढकाल अदालतमा उपस्थित भएका थिए । उपस्थित भएपछि आजै न्यायाधीशत्रयको इजलासमा उनीहरुको बयान र थुनछेक बहस भएको हो ।थुनछेक बहसपछि तीनै जनालाई धरौटीमा छाड्न आदेश भएको अदालतले जनाएको छ ।
बिज्ञापन
परियार निजामतीभित्र कान्छा सहसचिवका रुपमा चिनिन्छन् । उनी ०६९ सालमा नायब सुब्बाबाट निजामती सेवामा पाइला राखेका हुन । त्यसपछि शाखा अधिकृतका रुपमा काम गरे । ७० सालदेखि ७८ सालसम्म शाखा अधिकृकै रुपमा कार्यरत उनी उपसचिव नभइ एकै पटक सहसचिवमा जम्प गर्न सफल अधिकृत हुन । अधिकृत भएकै ८ बर्षमै सहसचिव भएका परियार विरुद्ध अख्तियारले बुधबार भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
सहसचिव बढुवा भए पछि शहरी विकास,राष्ट्रिय योजना आयोग हुँदै काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर जिम्मेवारी सम्हाल्न पुगेका परियारलाई प्रतिवादी बनाएर अख्तियारले आज विशेषमा मुद्धा दायर गरेको हो ।
अख्तियारले उनीहरुमाथि काठमाडौं महानगरपालिकामा ढल निर्माणको ठेक्कामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याएको अभियोग लगाएको थियो । उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।
तर, कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई उक्त ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो । निलम्बनमा पर्ने समयमा परियार सूचना तथा प्रशारण विभागको महानिर्देशकको भूमिकामा थिए ।