प्रभु शाहले संसदमा निजामती सेवा विधेयक च्यात्दै निस्किए

काठमाडौँ — संघीय निजामती सेवा विधेयकमाथि आइतबार प्रतिनिधिसभामा छलफल हुँदै गर्दा सांसद प्रभु शाहले तीव्र असहमति जनाएका छन्। विधेयकले गरिब र सीमान्तकृत समुदायको भविष्यमा प्रतिकूल असर पार्ने दाबी गर्दै सांसद शाहले रोष्ट्रममै उभिएर विधेयकको प्रति च्यातिदिए।

बिज्ञापन

 

बिज्ञापन

“यो विधेयक नेपाली जनतामाथि अत्याचार हो, यो देशमा गरिबलाई अझै पछाडि धकेल्ने षड्यन्त्र हो,” शाहको आक्रोश थियो। उनले यस्तो विधेयकलाई आफूले स्वीकार गर्न नसक्ने स्पष्ट गर्दै भने, “म यस्तो अपराधको साक्षी बन्न सक्दिन। यो विधेयक पास भए देशमा चर्को असन्तोष उत्पन्न हुनेछ।”

 

बिज्ञापन

शाहले सरकारी जागिर प्रणाली गरिबमाथि केन्द्रित हुनुपर्नेमा वर्तमान विधेयकले उनीहरूलाई झन् पछाडि पार्ने प्रयास गरिरहेको आरोप लगाए। “यो विधेयक लागू भयो भने गरिबका लागि कालो दिन सुरु हुनेछ,” उनले भने, “सरकारी सेवामा पहुँच राख्नेहरूलाई मात्र फाइदा पुग्ने गरी बनाइएको यो व्यवस्था कुनै हालतमा न्यायपूर्ण हुन सक्दैन।”

 

छलफलको क्रममा आक्रोशित देखिएका सांसद शाह अन्ततः विधेयकको कागजात च्यातेर संसद कक्षबाट बाहिरिएका थिए।

 

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संविधानको मर्मअनुसार विधेयक ल्याइएको दाबी गर्दै प्रतिनिधिसभामा यसमाथि छलफल अगाडि बढाउन प्रस्ताव प्रस्तुत गरेका थिए।

 

अब विधेयक राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पारित भएपछि मात्र यो कानुनी रूप लिँदै कार्यान्वयनमा जानेछ। तर प्रतिनिधिसभामै देखिएको तीव्र विरोधले अबको बहसमा थप उथलपुथल ल्याउने संकेत मिलेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष