स्वकीयको घुस डिलमाथि छानबिन भएन,मन्त्रीको लाखौं घुस डिलको उजुरी पुग्यो अख्तियारमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ताका स्वकीय सचिव शिव पटेलमाथि घुस डिल गरेको प्रकरणको छानबिन नहुँदै मन्त्री गुप्ता नै घुसको डिलमा मुछिएका छन् ।

बिज्ञापन

गत पुसमा मन्त्रीको सचिवालयबाटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटन पटन गरिँदा रकम मोलमोलाई गरिएको प्रमाण नै बाहिरिएको थियो । मन्त्री गुप्ताको स्वकीय उपसचिव शिव पटेलले एउटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउनका लागि सात लाख रकम डिमाण्ड गरेको संवाद च्याट सो गत पुस पहिलो साता सामाजिक सञ्जालमा छरपष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको स्वकीय उपसचिव शिव पटेलले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सातदेखि दश लाख रकम मोलमोलाई गरेको संवाद नै बाहिरिएको थियो ।

बिज्ञापन

पटेलले पर्साकै एउटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) खटाउनका लागि सात लाख डिमाण्ड गरेको ह्वाट अप च्याट नै बाहिरिएको थियो । गत ०७९ सालको स्थानीय तहको निर्वाचनमा पर्साको बहुदरमाई नगरपालिकाबाट एमालेतर्फबाट मेयरका उमेद्धार थिएपटेल । उनी जसपाका सिंगासन साह तेलीसँग पराजित भए । मेयरमा पराजय भोगेका उनी गत श्रावण ९ गतेदेखि उनी मन्त्री गुप्ताका सचिवालयमा छन् । उनैले पर्साकै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत लैजानका लागि उनले सात लाख डिमाण्ड गरेका थिए । संवाद गर्ने व्यक्तिले ५ लाख ५० हजार सम्ममा मिलाउनका लागि आग्रह गरेका छन् तर पटेलले सात लाख लिएर आफूलाई जानकारी गराउन पटेलले भनेका छन् । ४ सेप्टेम्बरमा यसरी मोलमोलाई गरिएको संवाद अहिले सामाजिक सञ्जालमा छरपष्ट भएसँगै स्वकीय उपसचिव विवादमा तानिए । यो बिषयमा कर्मचारी प्रेसले सोही समयमा मन्त्री गुप्तासँग जिज्ञासा राख्दा छानबिन गर्ने र उनीमाथि थप एक्सन लिइने बताएका थिए मन्त्री गुप्ताका प्रेस सल्लाहकार कृष्ण कुशवाहले मन्त्रीका उप स्वीकय सचिवको ह्वाटस च्याट लिक भएको प्रतिक्रिया दिएका थिए ।

गत पुसमा मन्त्रीको स्वकीय शिव पटेलले प्रमुख प्रशासकीय अधिकृत पठाउन सात देखि १० लाख डिल गरेको संवाद नै बाहिरियो । उनीमाथि केही कारवाही भएन । उल्टै प्रधानमन्त्रीलाई १०८ किलोको माला लगाइदिए । ६ महिना नबित्दै मन्त्रीमाथि नै घुस डिलमा लागेको भन्दै उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ,त्यो पनि अडियो,भिडियो प्रमाणसहित । मन्त्री गुप्ताले मालपोत अधिकृतको सरुवा तथा भूमिसम्बन्धी नियुक्तिको विषयमा व्यापारीसँग घुसको डिल गरेको उजुरी अख्तियार पुगेको छ । यस्तै एक जना उपसचिवको सरुवा तथा थमौती तथा भूमिसम्बन्धी नियुक्तिका लागि मन्त्रीले २५ लाख डिल गरेको उजुरी अख्तियारमा परेको छ ।

बिज्ञापन

अख्तियारमा दर्ता भएको उजुरीको दर्ता नम्बर सी –०७८५५५ रहेको छ । मन्त्री गुप्ताले मालपोतका कार्यालय प्रमुखको सरुवा तथा थमौती मिलाइदिने भन्दै ५३ लाख रुपैयाँ र भूमि आयोगको सदस्य बनाउन २५ लाख रुपैयाँ घुस मागेको अडियो प्रमाणसहित अख्तियारमा उजुरी परेको छ ।

गुप्ताले एक व्यापारीसँग जम्मा ७८ लाख रुपैयाँ डिल गरेको वार्ताको अडियो रेकर्ड समेत अख्तियारमा पुर्याइएको भए पनि मन्त्री गुप्ताले भने सो अडियो आफ्नो नभएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२१ सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन जाँदै

‘फेसलेस र क्यासलेस’ बन्दै छ वैदेशिक रोजगार विभाग

२७ लाख २० हजारको हातमा राष्ट्रिय परिचयपत्र

स्वकीयको घुस डिलमाथि छानबिन भएन,मन्त्रीको लाखौं घुस डिलको उजुरी पुग्यो अख्तियारमा

पतञ्जली जग्गा प्रकरण : पूर्व उपसचिव र नासु धरौटीमा रिहा

विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा हुँदै

नेपाली सेनाका २२ जना कर्नेलहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

बिशेष