अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

अनिवार्य अवकाशमा गएको २२ दिनपछि सचिव रघुराम विष्टले अर्काे नियुक्ति पाएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकको जिम्मेवारी रघुराम विष्टलाई दिएको हो । सो समितिको सदस्यहरूमा इन्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल र केही दिनपछि लागु हुनेगरी अर्का सदस्यमा थानेश्वर गौतमलाई नियुक्त गरिएको र समितिको पदावधि तीन वर्षको रहेको छ । सार्वजनिक खरिद ऐन, २०६३ ले परिकल्पना गरेअनुसार सार्वजनिक खरिद पुनरावलोकन समिति गठन हुँदै आएको छ ।

बिज्ञापन

विष्ट गत जेठ २४ गते अनिवार्य अवकाशमा गएका हुन । उनलाई अवकाशको मुखमा प्रदेशबाट महालेखा नियन्त्रकको कार्यालयमा ल्याइएको थियो । ५८ वर्षे उमेर हदका कारण सचिव विष्ट अनिवार्य अवकाशमा गएका विष्टलाई अवकाशको दुई साता पछि नै अर्काे लाभको पद हात लागेको छ । विष्ट २९ वर्ष सरकारी सेवामा बिताएर सेवानिवृत्त भएका हुन ।

बिज्ञापन

विष्ट अघिल्लो बर्ष कार्तिकमा सचिवमा बढुवा भएका थिए । ४ पटक लगातार बढुवा सिफारिस भएर पनि बढुवा गरिएको थिएन उनलाई । पाँचौं पटक ज्येष्ठताका आधारमा उनलाई सचिव बढुवा गरिएको थियो । सचिव बढुवा भएपछि उनलाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएर पदस्थापन गरिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष