वैकल्पिकमा परेका उमेद्धारलाई स्थायी नियुक्तिका लागि सिफारिस

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले वैकल्पिक उम्मेदवारहरुलाई नियुक्ति पत्र बुझ्नका लागि तीस दिने सूचना जारी गरेको छ । प्रयोगशालाबाट प्रकाशित पदपूर्ति सम्बन्धी विज्ञापन अनुसार स्थायी पदमा नियुक्ति भई कार्यरत कर्मचारीहरुले परीक्षणकालको अवधिमानै राजिनामा दिई पद रिक्त भएसँगै वैकल्पिकमा परेका उमेद्धारहरुलाई नियुक्ति पत्र बुझ्न आउन सूचना जारी गरेको हो ।

बिज्ञापन

पदपूर्ति समितिको हिजो बसेको बैठकले प्रशासकीय सहायक पाँचौंतर्फ लिलाधर अवस्थी र लेखापाल,पाँचौतर्फ रमेश शर्मालाई स्थायी नियुक्तिको सिफारिस गरिएको जनाइएको छ ।

बिज्ञापन

अवस्थी र शर्मालाई सूचना प्रकाशन भएको मितिले तीस दिनभित्र नियुक्ति पत्र बुझिलिनको लागि  प्रयोगशालामा सम्पर्क गर्नुहुन सूचित गरेको हो ।  उक्त अवधि भित्र नियुक्ति पत्र बुझ्न नआएमा समितिको कर्मचारी सेवा, शर्त र सुविधा सम्वन्धी नियमावली, २०८१ को नियम ३३ को उपनियम ३ वमोजिम हुने सूचनामा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

विचौलिया भट्ट कालोसूचीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीबाटै ग्राहकको खाताबाट करोडौं रकम गायब

सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

बिशेष