असार मसान्तसम्म आवेदन दिनेले मात्र एसइडिपी तालिममा सहभागी हुन पाउने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सिनियर एक्जुकेटिभ डेभलोप्मेन्ट प्रोग्राम (एसइडिपी) तालिममा सहभागी हुन चाहने अधिकृतहरुलाई यही असार मसान्तभित्र निवेदन पेश भनेको छ ।

बिज्ञापन

साउन १३ गतेदेखि सञ्चालन हुने ५० औं एसइडिपी तालिममा भाग लिन राजपत्राकिंत प्रथम श्रेणी, सहसचिव वा सोसरहका अधिकृत कर्मचारीहरुबाट निवेदन माग गरिएको हो।

बिज्ञापन

सो कार्यक्रममा नेपाल सरकारका २५ जना अधिकृतहरुलाई बरिष्ठताका आधारमा मनोनयन गरिने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।

निजामती सेवा ऐन अनुसार सचिव हुनका लागि एसइडिपी (सिनियर एक्जुकेटिभ डेभलप प्रोग्राम) तालिममा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था छ ।

बिज्ञापन

यही तालिम समसममा नलिँदा लक्ष्मीकुमारी बस्नेत, कृष्णबहादुर राउत, राधिका अर्याल निकै ढिलो गरी सचिवमा बढुवा भएका थिए । कतिपय उच्च प्रशासकहरु पनि पेन्सनको लोभमा समेत सो तालिम नलिएर जागिर लम्बाउने गरेको पाइन्छ । दीपेन्द्र विक्रम थापा र युवकध्वज जिसी पेन्सनको लालचा गरेर सहसचिवमै लामो समय कुरिरहेनन् । खुला प्रतिश्पर्धाबाट सहसचिवमा नाम निकालेका थापा पाँच वर्ष सचिवका रुपमा रहे । कृषि सचिवको कार्यकाल बाँकी रहँदै राजीनामा दिएर विदेशमा जागिर खान गएका जिसी अर्का उदाहरण हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत

सामान्य प्रशासनभित्रै पालिका अध्यक्ष र उपसचिवको झण्डै कुटाकुट

फिर्ता बोलाइएका दुई महामहिमको राजीनामा,अन्य ९ लाई मन्त्रालयको रित्तो कार्यकक्ष

भ्रष्टाचार रोक्ने निकाय नै असहाय : राष्ट्रिय सतर्कता केन्द्रमा ३० प्रतिशत कर्मचारी अभाव र साँघुरो कार्यालयको पीडा

राजश्व अनुसन्धान विभागको अनुगमन सुरु, कोरला नाकाबाट दुई गाडी जफत

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

सात हजार घुस काण्ड : पौडेललाई एक महिना जेल र जरिवाना

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

बिशेष