तीन सातामै प्रदेशबाट संघमा फर्किए सचिव शोभाकान्त पौडेल

शक्ति केन्द्रसँग पावर र पहुँच नभएका सचिवहरु बर्षाैसम्म प्रदेशतिर थन्किरहेका छन् । त्यतिमात्रै होइन केही सचिवलाई एउटा प्रदेशबाट अर्काे प्रदेशतिर घुमाइएका उदाहरणहरु छन् तर एक यस्ता सचिव,जो बढुवा भएर प्रदेश झरेको तीन सातामै संघमै फर्कन सफल भएका छन् ।

बिज्ञापन

गत वैशाखमा सचिवमा बढुवा भएर दुई साता पछि प्रदेशमा पदस्थापन भएका थिए शोभाकान्त पौडेल,उनी पौडेल तीन सातामै प्रदेशबाट संघमा फर्कन सफल भएका हुन ।

बिज्ञापन

 पौडेल  गत वैशाख अन्तिम साता सचिवमा बढुवा भएका थिए  ।जेठको दोश्रो साता प्रमुख सचिव रघुराम विष्टको महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरेर त्यहाँ शोभाकान्तलाई पठाइएको थियो तर जेठ २२ गते उमेर हदका कारण विष्ट अनिवार्य अवकाशमा गएसँगै पौडेल गण्डकी प्रदेशबाट महालेखा नियन्त्रकका रुपमा फर्किएका हुन ।

अस्ति बसेको क्याविनेट बैठकले शोभाकान्त पौडेललाई महालेखा नियन्त्रकमा सरुवा गरेर हालैमात्र सचिवका फड्को मारेका डा खगेन्द्रप्रसाद सुवेदीलाई गण्डकी प्रदेशको मुख्यसचिवको जिम्मेवारी दिइएको हो ।

बिज्ञापन

यस्तै सोही क्याविनेटले निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव महादेव पन्थको निर्वाचन आयोगमा सरुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

विचौलिया भट्ट कालोसूचीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीबाटै ग्राहकको खाताबाट करोडौं रकम गायब

सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

बिशेष