नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिमा सहमति भइसकेको विधेयक उपर छेडखानी भए आफूहरु चचुप लागेर नबस्ने बताएका छन् ।
बिज्ञापन
बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा क्रममा सहभागी हुन पुगेको प्रचण्डले संसद्को कार्यसूचीमा चढेर पनि फिर्ता हुनु गम्भीर चिन्ताको विषय रहेको बताएका छन् । उनले निजामती,प्रशरी,शिक्षा,अख्तियार लगायतका संवेदनशील विद्येयकहरु टारिनेतिर लागिए चुप लागेर नबस्ने सम्म बताएका छन् ।
बिज्ञापन
प्रचण्डले भने,संसदीय समितिमा लामो छलफल भएको हुन्छ, उपसमिति बनेको हुन्छ, त्यसले काम गरेर समितिले पारित गरेर विधेयकहरू फूल हाउसमा पुर्याएँछ । तर, त्यहाँ कार्यसूचीमा चढेर पनि फर्किने र लामो समयसम्म रोकिने गरेका छन् । कार्यसूचीमा चढेर हटाउँदा चिन्ता बढेको छ । संघीय निजामती विधेयक धेरै मिहिनेत गरेर सदन पुर्याएको हो ।”
यस अघि राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएका विद्येयक प्रतिनिधिसभामा कार्यसूचीबाटै गायब बनाइएको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले त्यस्तो चलखेल नहोस् भन्ने आग्रह समेत गरे ।
बिज्ञापन
यस अघि राज्यव्यवस्ता तथा सुशासन समितिबाट सो विद्येयकमा कुलिङ पिरियडका प्रावधान राखिएको थियो तर सो व्यवस्था नै हटाउन लागिएको र विधेयकमा छेडखानी नगर्न समितिमा उपस्थित गृहमन्त्री र रक्षामन्त्रीसहित सबैको ध्यानाकर्षण गराउँछु ।’
प्रचण्डको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा राखेका थिए ।
यस्तै समिति सभापति रामहरि खतिवडाले कार्यसूचीमा चढेर पनि फिर्ता भएको संघीय निजामती विधेयक छिट्टै पारित हुने अपेक्षा रहेको बताएका थिए । ‘कुलिङ पिरयड’सम्बन्धी व्यवस्थाका कारण विधेयक पारित हुन ढिलाइ भइरहेको छ ।