कुलिङ पिरियडको बारे चर्काे विमर्स भइरहेको समयमा सेटिङमा मुख्यसचिव बनेका शंकरदास बैरागी फेरि एक पटक चर्चामा छन् । उनै पूर्व मुख्य सचिवको संयोजकत्वमा गृहमन्त्री रमेश लेखकले आफूमाथि लागिरेहको भिजिट भिसा सेटिङ प्रकरण छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेपछि अहिले चर्चा र विवादको केन्द्रविन्दुमा छन्,शंकरदास बैरागी ।
बिज्ञापन
बैरागीको नेतृत्वमा गठन भएको छानबिन समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलुवाल, कानुन न्याय तथा संसदीय मामिलाका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले सदस्य सचिवको जिम्मेवारीमा छन् ।
अहिले यो महत्वपूर्ण जिम्मेवारी पाउने वैरागी ०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका बैरागी २०७२ सालमा परराष्ट्र सचिव भएका थिए । त्यसअघि १ वर्षभन्दा लामो अवधि उनी सोही मन्त्रालयमा निमित्त सचिव भएर काम गरे । परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो पात्र हुन् । परराष्ट्र सेवामा उनले अधिकांश समय विदेशमै बिताएका कर्मचारी हुन ।
बैरागीलाई मुख्य सचिव बनाउनकै लागि उनी अगाडिका मुख्य सचिव लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरेर वैरागीलाई मुख्य सचिव बनाइएकै थियो । आफू जसरी मुख्य सचिव भएका थिए उनले बैकुण्ठ अर्यालका लागि उसैगरी मैदान छाडिदिएका थिए ।
बिज्ञापन
तीन दिन पछि अनिवार्य अवकाशमा जान लागेका र गोजीमा राजीनामा पत्र बोकेर हिडेका बैकुण्ठ मुख्यसचिव बने पछि कुनै ऐन कानुनले नचिन्ने पद सृजना गरियो र उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरियो । बैरागीले आफ्नो लागि आफैंले सेवा सुविधा तोके मन्त्री बराबर । तिनै बैरागीले १४ महिना पछि राजदूत बन्नका लागि पदबाट राजीनामा दिए तर राजदूत बन्न पाएनन् । बैरागीले भारतका लागि राजदूत बन्न निकै प्रयास गरेका थिए ।
गृहमन्त्री रमेश लेखकले उनै बैरागीलाई आफूमाथि लागेको आरोप छानबिन गर्नका लागि छानबिन समितिको संयोजक बनाएसँगै रास्वपाका नेता स्वर्णीम वाग्लेले प्रश्न उठाएका छन्,गृहमन्त्री रमेश लेखकले गर्वका साथ भन्नुभयो । मेरै प्रस्तावमा यो कमिटि गठन भएको हो । आरोपितले नै आफ्नो अनुसन्धान अधिकृत आफैं छान्ने हो ? हामी यो सिष्टममा गएका हौं ?