सङ्घीय मामिलामन्त्रीलाई प्रश्न– कुलिङ पिरियडकै कारण निजामती कर्मचारी विधेयक रोकिएको हो ?

काठमाडौं । सङ्घीमा मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कुलिङ पिरियडको व्यवस्थाका कारण सङ्घीय निजामती सेवा विधेयक नरोकिएको स्पष्ट पार्नुभएको छ ।

बिज्ञापन

विनियोजन विधेयकका सन्दर्भमा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा उहाँले संसदमा विरोधका कार्यक्रमहरू चलिरहेको तथा आफ्नो मन्त्रालयमा महत्त्वपूर्ण कार्यक्रम परेका कारण असार ३ गतेको कार्यसूचीबाट हटाइएको स्पष्ट गर्नुभएको हो ।

बिज्ञापन

‘मेरो मन्त्रालयको एउटा महत्वपूर्ण कार्यक्रम परेका कारण पूरै समय संसदलाई दिन नसक्ने अवस्था सृजना भएपछि आफ्ना सचेतकज्यूलाई जानकारी गराएर निस्किएको हुँ,’ उहाँले भन्नुभयो, ‘विधेयकमा भएका कुनै व्यवस्था परिमार्जन गर्नका लागि विधेयक रोकिएको होइन ।’

विगत नौ वर्षदेखि अलपत्र विधेयक ठूलो मेहनका साथ राज्य व्यवस्था तथा सुशासन समितिद्वारा बहुमतले पारित भएको स्मरण गराउनुहुँदै उहाँले विधेयक अब चाँडै अघि बढ्ने आश्वासन दिनुभएको छ । ‘कुलिङ पिरियडका कारण विधेयक रोकिएको हो ?’ भन्ने अधिकांश सांसदहरूले उठाउनुभएको सवालको जवाफमा मन्त्री गुप्ताले भन्नुभयो, ‘कुलिङ पिरियड होइन ‘फुलस्टप–पूर्णविराम’ र ‘कमा–अल्पविराम’ पनि परिवर्तन हुँदैन ।’

बिज्ञापन

उहाँले विधेयकमाथि सर्वाधिक चासो व्यक्त गर्नुभएका सांसदहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

अब सातै प्रदेशमा महालेखाको कार्यालय,बागमतीमा सहसचिवको नेतृत्व,अन्यमा उपसचिव कमाण्डर

६ महिनामा सम्पत्ति शुद्धीकरणका ४५८ उजुरी,अनुसन्धान गर्न दक्ष जनशक्तिको अभाव

विमानस्थल क्षेत्रमा एक महिनासम्म पाँच जनाभन्दा बढी भेला निषेध

रंगीला हाकिम माओवादी मेयरका रोजाईमा

सामाजिक सुरक्षा भत्तामा गोलमाल : पछिल्लो ६ महिनामै २ लाख १० हजार लाभग्राही गायब

बिचौलियाको कब्जामा राज्य संयन्त्र, सुशासन नारामै सीमित : अख्तियार प्रमुख

डोल्मालाई ८३ करोड कर छुट दिने अर्थमन्त्रीको प्रयासमा अदालतको अंकुश

बिशेष