गणेशमानका नाममा ७० करोडको योजना,एमालेकै सांसदले दिए मन्त्री फेर्ने सुझाव

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता गणेशमान सिंहका नाममा विभिन्न ४० योजना छुट्टाएर ७० करोड रकम विनियोजन गरेको बिषयमा सत्तापक्षकै सांसदहरुले चर्काे आलोचना गरेका छन् ।

बिज्ञापन

नेकपा एमालेका सांसद सूर्य थापाले सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई मन्त्री बाटै हटाउन आग्ह गरेका छन् । उनले संयुक्त सरकार भनिए पनि सोको हेक्का समेत नराखी बेजटमा बेइमानी गरेको प्रधानमन्त्रीले आफ्नो टिमको पुनर्मूल्यांकन गर्नुपर्ने कुरा उठाएका छन् । सांसद थापाले सहरी विकास मन्त्रालय सबैभन्दा लथालिंग मन्त्रालय बनेको र जनताको पक्षमा ध्यानै नभएको जनाए । बजेट वितरणमा प्रधामन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले टुक्रे योजनामा बजेट नपार्ने विषयलाई कांग्रेसले ध्यान नदिएको उनको आरोप छ ।

बिज्ञापन

यस्तै नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले ४६ सय वटा टुक्रे आयोजनाका लागि बजेट विनियोजन गरिएको भन्दै बजेटको सिद्धान्त विपरित रहेको भन्दै बजेटको आलोचना गरेका छन् । केसीले अगामी आर्थिक वर्षको बजेट विनियोजनमा मनोमानी भएको भन्दै छानविनको माग गरेका छन् । केसीले भने दुई वटा उपप्रधानमन्त्रीसँग मेरो विनम्रतापूर्वक आग्रह छ तपाईले बजेटमा प्रस्तुत गर्नुभएअनुसार विनियोजन ठिक छ कि छैन भनेर एउटा संसदीय समिति बनाऔँ । त्यसले छानविन गरोस्ु, उनले भने, ‘यदि संसदीय समिति हुन्न भने सुशासन समिति वा लेखा समितिमा पठाइयोस् । यो मनपरी ढंगले जसरी विनियोजन गर्ने काम भएको छ त्यो दुखद् मात्र होइन खेदपूर्ण हो सम्माननीय सभामुख महोदय ।
उता माओवादीका सांसद अमनलाल मोदीले शहरी विकास मन्त्रालयमा गणेशमानको छोरा प्रकाशमान सिंह मन्त्रीको भूमिकामा रहेको र सो मन्त्रालयबाट स्वर्गीय गणेशमानका नाममा ४० योजना बनाएर ७० करोड रकम छुट्टाइएको बिषयमा स्वर्गीय गणेशमानकै आलोचना भएको टिप्पणी गरे ।

यस्तै प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले शहरी विकास मन्त्रालयले गणेशमान सिंहको नाममा ५७ करोडको अनुत्पादक बजेट छुट्याएर उनको अपमान गरेको भन्दै संसदमै मन्त्रीसँग माफी माग्न माग गरेका छन्। उनले भने आफ्नो इन्ट्रेष्टका लागि आसेपासे र वरिपरिका मान्छेका लागि जुनसुकै शीर्षकमा योजनाहरू थुपारेर बिचौलियाहरूलाई कमाइ खाने भाँडो बनाइएको छ। यो बजेट कुनै उत्पादनमूलक काम वा युवालाई रोजगारी दिने कार्यक्रममा होइन, अनुत्पादक संरचना बनाएर गणेशमान र मंगलादेवीलाई बदनाम गरिएको छ,” उनले भने।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

बिशेष