सहरीमा बेमौसमी सरुवा

काठमाडौं — आर्थिक वर्षको समापनतिर आइपुग्दा सहरी विकास मन्त्रालयले सहसचिव तहका केही कर्मचारीहरूको जिम्मेवारी फेरबदल गरेको छ। मन्त्रालयले आन्तरिक व्यवस्थापनका साथै कार्यक्षमता अभिवृद्धिका लागि सरुवा तथा पदस्थापनलाई अघि बढाएको हो।

बिज्ञापन

 

बिज्ञापन

नयाँ निर्णयअनुसार, प्रकाश अर्याललाई केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट बागमती सभ्यताको एकीकृत विकास समितिमा सरुवा गरिएको छ। बागमती सभ्यताका तत्कालीन प्रमुख नारायण भण्डारी हाल निलम्बनमा भएको कारण त्यहाँ खाली रहेको थियो।

त्यस्तै, रबिन्द्र बोहोरा पूर्वाधार महाशाखाबाट भवन अनुसन्धान तथा प्रविधि तालिम केन्द्रमा पठाइएको छ।

बिज्ञापन

प्रकृण तुलाधारलाई भवन महाशाखाबाट पूर्वाधार महाशाखामा खटाइएको छ।

नवराज प्याकुरेल भने भवन अनुसन्धान तथा प्रविधि तालिम केन्द्रबाट सरुवा भई सहरी विकास मन्त्रालयमै आएका छन्।

यसैगरी, रोशन श्रेष्ठलाई पुनर्निर्माण तथा पुनःस्थापना महाशाखाबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा स्थानान्तरण गरिएको छ।

अर्का एक सहसचिव सुरेश ठाकुर, जो यसअघि विशेष भवनको जिम्मेवारीमा थिए, अब विशेष भवन र भवन महाशाखा दुवैको जिम्मेवारी सम्हाल्नेछन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष