यी हुन् भन्सारका डन कर्मचारी

नेपाल सरकारको सरुवा प्रणाली ‘न्यायोचित’, ‘अनिवार्य चक्र’ र ‘क्षमता र आवश्यकतामा आधारित’ भनेर बोलिन्छ। तर, भन्सार प्रशासनका केही कर्मचारीका लागि यो प्रणाली सधैं अपवाद सावित हुँदै आएको छ। कतिपय भन्सार कर्मचारीहरू सधैंभरि ठूला र ‘आकर्षक’ भनिने कार्यालयमा मात्र टिकिरहन्छन् – न उनीहरू साना कार्यालय पुग्छन्, न कहिल्यै फन्को मारिन्छ।

बिज्ञापन

यस्ता छन् कार्यालयबाट कार्यालय फड्को मार्ने ‘सिलसिला’

बिज्ञापन

भीमराज आङ्देबे यस्ता अधिकृत हुन्, जसको बसाइ सधैं चर्चित र शक्तिशाली भनसार कार्यालयमै देखिन्छ। तातोपानी, रसुवा, भैरहवा, धनगढी हुँदै अहिले विराटनगर भन्सार कार्यालयमा छन्। यति लामो समयदेखि ठूला अड्डामा निरन्तर बस्नुलाई ‘सरुवा प्रणालीको प्रयोग होइन, दुरुपयोग’ भन्दै कर्मचारी वृत्तमै आलोचना हुने गरेको छ।

त्यस्तै, रूपक पोखरेल पनि भैरहवा, धनगढी, वीरगञ्जजस्ता प्रमुख भन्सारहरूमा बसेर फेरि फेरि उही कार्यालयमा दोहोरिएका छन्।

बिज्ञापन

नायब सुब्बा मधु खनालको पहिलो पोस्टिङ नै वीरगञ्ज भन्सार थियो। भैरहवा, तातोपानी हुँदै अहिले नीति तथा महसुल शाखा विभागमा छन्। अर्थ मन्त्रालय विभागीय समितिका उपाध्यक्ष समेत रहेका उनी संगठनसँग नजिक मानिन्छन्।

भन्सार अधिकृत इन्द्र खनाल विराटनगर, रसुवा, वीरगञ्ज, भैरहवा हुँदै हाल ड्राइपोर्टमा छन्। तीव्र उन्नतिको गतिमा रहेका खनालले पनि कहिल्यै साना कार्यालय देखेका छैनन्।

त्यस्तै चर्चित नाम हो बुद्धि चुडाल ‘बुचु’। रसुवा भन्सारमा दुईपटक, सिन्धुपाल्चोक, वीरगञ्ज, भैरहवा, विराटनगरजस्ता कार्यालयमा बसेर ‘अत्यधिक लाभ’ लिएको आरोप लाग्ने चुडाल सर्वोच्चका न्यायाधीश कुमार चुडालका भाइ हुन्।

भरतराज अधिकारी मेची, विराटनगर, रसुवा हुँदै अहिले वीरगञ्ज भन्सारमा छन्। उनी जहाँ जान्छन्, त्यहाँ विवादको छायाँ रहने गरेको छ। सुनकाण्ड, अख्तियार उजुरी र कारबाही सिफारिस जस्ता आरोपहरूसँग उनका कार्यकालहरू गाँसिएका छन्।

त्यस्तै, नायब सुब्बा मेघराज भट्टराईले त तातोपानी–रसुवा–तातोपानीको चक्कर तीनपटक लगाइसकेका छन्। लोकेन्द्र बम पनि भैरहवा, वीरगञ्ज, रसुवा, तातोपानी हुँदै हाल राजस्व अनुसन्धान विभागमा छन्। विभागका इतिहासकै कमजोर महानिर्देशक भनिएका चण्डी घिमिरेका निकट उनी विभागीय शक्ति केन्द्रकै हिस्सा बनेका छन्।

हुमबहादुर बस्नेत २०७० देखि २०७२ सम्म तातोपानी, वीरगञ्ज, भैरहवा, फेरि तातोपानी भन्सारमा छन्। स्थायी जस्ता बनिसकेका बस्नेत, संगठनको भरमा चल्ने अधिकारीको रूपमा चिनिन्छन्।

महिला भन्सार अधिकृत सुनिता पौडेल विराटनगरको मूल्याङ्कन शाखामा प्रशोधन तेललाई कच्चा भन्दै पास गरेपछि विभागमा तानिएकी थिइन्। पछि एमाले निकट महानिर्देशक आएका बेलामा फेरि वीरगञ्ज फिर्ता गरिइन्।

भन्सार अधिकृत प्रमोद पौडेल भद्रापुरमा रहँदा गैरघोषित सामान छोडेपछि राजस्व अनुसन्धानले कारबाही गर्दा अदालतमा मुद्दा गयो। पछि निलम्बनबाट फर्किएर फेरि भैरहवामा पुगे।

नायब सुब्बा भोजराज रेग्मी पनि रसुवा, कृष्णनगर, भैरहवा हुँदै फेरि कृष्णनगर र हाल वीरगञ्जको ग्रिन यल्लो शाखामा छन्।

राजेन्द्र पोखरेल पनि वीरगञ्ज, विराटनगर, कृष्णनगर हुँदै रसुवा (मूल्याङ्कन शाखा) पुगेका छन्। खड्ग माझीको आडमा अगाडि बढेका पोखरेल हाल रसुवामै छन्।

खड्ग माझी आफैं पनि पूर्वनासु हुँदै अहिले भन्सार अधिकृत भएका छन्। विराटनगर आन्तरिक राजस्व, चोबार भन्सार, अनि हाल रसुवा भन्सार कार्यालयमा कार्यरत छन्। उनी सहसचिव जयबहादुर भण्डारीका निकट मानिन्छन्।

सरुवाको नाममा सौदाबाजीको खेल?

सरुवा प्रणालीलाई योग्यताको नाममा चलाउने भनिएपनि, व्यवहारमा पदीय पहुँच, संगठनको बल, र सत्ता केन्द्रसँगको नाताको भरमा भन्सारमा बस्ने र लाभ उठाउने सिलसिला रोकिएको छैन। बारम्बार ठूला भन्सार कार्यालयहरूमा मात्रै फड्को मार्ने यस्ता कर्मचारीहरूले राजस्व प्रशासनप्रतिको जनविश्वास र पारदर्शितामा गम्भीर प्रश्न उठाएका छन्।

सरकार र सम्बन्धित निकायले यस्ता चलखेलमाथि अंकुश लगाउन नसक्ने हो भने, ‘गैडा सरुवा’को प्रथा अझै गहिरिँदै जानेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

बिशेष